जिल्ला प्रशासनको सूचनाप्रति पत्रकार महासंघ सप्तरीको आपत्ति, फिर्ता नलिए आन्दोलन गर्ने

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालयको फोटो, भिडियो नखिच्न उर्दी जारी गर्दै निकालेको सूचना प्रति नेपाल पत्रकार महासंघ, सप्तरीले आपत्ति जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरे पछि पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीन घण्टा भित्र सूचना फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ – साउन २४ गते राति ८ बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रने महासङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण यस्तो आदेश जारी गर्नु परेको उल्लेख छ ।

सूचनाको विपरीत गतिविधि गरेगराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ । यसको विरोधमा महासंघले आपक्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?