‘तिमी नै तिमी’ भन्दै रमेश

Read Time = 2 mins

काठमाडौं । हालसालै विवाह बन्धनमा बाँधिएका प्रसिद्ध गायक एवं संगीत व्यवसायी रमेश पाठकले जीवन संगिनीको आगमनको खुसी, त्यस घटनाबाट आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई सांगीतिक स्वरूप दिएर सबैसामु ल्याउनुभएको छ । सार्वजनिक गीत ‘तिमी नै तिमी’ मा उहाँले आफ्नो विवाह र दुई आत्माको मिलनपछिका असीमित खुसीहरू पोख्नुभएको छ । पाठककै शब्दरचना/संगीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको संगीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको छ भने रमेशलाई गायनमा सुमना गुरुङले साथ दिनुभएको छ ।

राजाराम गिरीको निर्देशन एवं सम्पादनमा रहेको गीतको भिडियोमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयंको सिनेम्याटोग्राफी छ । भिडियोमा रंग सम्पादन भने दिनशन शाहले गर्नुभएको छ । जन्ती गएकोदेखि विवाह मण्डपसमेतका महत्वपूर्ण दृश्यहरू समावेश गरिएको यस गीतको भिडियोमा पछि छायांकन गरिएका केही दृश्यहरूसमेत राखिएको छ । भिडियोमा रमेश र शिला गजुरेललाई सुन्दर जोडीका रूपमा देखिएको छ ।

बेहुला स्वयंको शब्द/संगीत र स्वर रहेको गीतमा विवाहसहितका फुटेजहरू राखेर, बेहुला बेहुलीकै भावना र अभिनयमा निर्माण भएको म्युजिक भिडियो सम्भवतः विश्वमै यो पहिलो हुन सक्छ । यस्ता अविस्मरणीय पलहरूलाई पनि गीतको भिडियोको स्वरूप दिन सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेर गीतकार, संगीतकार, गायक र म्युजिक व्यवसायी पाठकले संगीत क्षेत्रमा एउटा नौलो आयामसमेत थप्नुभएको छ भन्दा अतिशयोक्ति नहोला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?