अमेरिकाको जंगलमा भीषण आगलागी, मृत्युहुनेको संख्या ५३ नाघ्यो

हिमालय टाइम्स
Read Time = 3 mins

वासिंगटन । अमेरिकाको हवाईस्थित माउईको जंगलमा भीषण आगलागी भएको छ । आगलागी कत्तिको तीव्र छ, त्यसबाटै अनुमान गर्न सकिन्छ कि लहैना सहरमा मानिसलाई उद्धार गर्ने क्रममा आगोमा परेर हालसम्म ५३ जनाको ज्यान गएको छ । दमकलले आगो नियन्त्रणको लागि निरन्तर प्रयास गरिरहेको छ ।

हालै हवाई, माउईमा अवस्थित लहाइना, पुलेहु र अपकन्ट्रीमा नयाँ आगलागीहरू भइरहेका छन्। मानिसहरु आफ्नो ज्यान जोगाउन समुद्रमा हाम फाल्न बाध्य छन् । यति मात्र होइन, आगलागीबाट टापुका ऐतिहासिक सहरको ठूलो हिस्सा जलेर नष्ट भएको छ । जंगलमा लागेको डढेलोले लाहैना सहरका पर्यटकीय स्थलमा ठूलो क्षति पुगेको छ । अमेरिकी मौसम विभागका अनुसार, चक्रवात डोरा हवाईको यस जंगलको आगोको तीव्र प्रकोपको लागि पनि जिम्मेवार छ, जसको तेज हावाले आगो धेरै छिटो फैलाएको छ।

माउई काउन्टीले शुक्रबार जानकारी दिएको छ कि अग्नि नियन्त्रकहरूले मानिसहरूलाई उद्धार गर्न र आगो नियन्त्रणमा ल्याउन प्रयास जारी राखेका छन्। लहैनामा लागेको आगलागी यति भीषण भएको छ कि मानिसलाई बचाउन मुस्किल परेको छ, थप १७ जनाको ज्यान गएको छ । जसका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

फायर फाइटरहरूले धेरै समस्याको सामना गरिरहेका छन्। स्थानीय समय अनुसार बुधबार माउई टापुबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । उद्धार गरिएका मानिसहरूलाई हवाईको अन्य ठाउँमा पठाइएको वा छुट्टी पूरा गर्न घर फर्काइएको बताइएको छ।

काउन्टीले बिहीबार (स्थानीय समय) माउईको लाहाइना सहरमा लागेको डढेलो ८० प्रतिशत नियन्त्रणमा आएको जनाएको छ । यतिबेला लहैनामा बिजुली छैन । यति मात्र होइन, माउमा करिब ११ हजार मानिस बिजुली विहीन जीवन बिताइरहेका छन् । तर, लहैना प्रवेशमा प्रतिबन्ध लगाइएको छ । उता पुलेहुको आगलागी पनि करिब ७० प्रतिशत नियन्त्रणमा आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?