एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई दुई-एक गोलले पराजित गर्‍यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गर्नुभयो । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काउनुभयो ।

एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदीप उत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले प्रतियोगिता अवधिभर पाँच गोल गर्नुभयो । प्रतियोगितामा ब्लायक हक टोली तेस्रो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?