आफनै जन्म गाउँमा खुलेको बहुप्राविधिक शिक्षालयको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

हिमालय टाइम्स
Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । आफनो बाबुआमाको नाममा खुलेको बहुप्राबिधिक शिक्षालयको राष्ट्रपति बिद्यादेवी भण्डारीले उदघाटन गर्नु भएको छ । आफ्नो जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन बुधवार राष्ट्रपति भण्डारीबाट भएको हो ।

आमा मिथिला पाण्डे र बुबा रामबहादुर पाण्डेका पाँच छोराछोरीमा जेष्ठ सन्तानकारुपमा राष्ट्रपति भण्डारीको जन्म २०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङमा भएको थियो । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा मानेभञ्ज्याङमा बहुप्राबिधिक शिक्षालय बनेको हो । शिक्षालय निर्माणका लागि राष्ट्रपतिले ३७ रोपनी र उहाँको आफन्न परिवारबाट १८ रोपनी जग्गा प्रदान गरिएको थियो ।

शिक्षालयका लागि एकाडेमिक भवनका साथै छात्राका लागि होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवन लगायत संरचनाहरु निर्माण भएको छ । राष्ट्रपतिको पहलमा आफनै गाउँमा बुहुशिक्षालय निर्माण भएपछि स्थानीयमा समेत उत्साह छाएको छ । पहिलो चरणमा बाली बिज्ञान पठनपाठनका लागि शिक्षालयले भर्ना समेत खुलाई सकेको छ ।

राष्ट्रपति भण्डारी शिक्षालयको उद्घाटनसँगै बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने लगायत कार्यक्रममा सहभागी हुनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?