गुल्मीमा १५ वर्षीय किशोरीको बलात्कारपछि हत्या, एक पक्राउ

सांकेतिक तस्बिर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी। गुल्मीमा १५ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको छ । शुक्रबार जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खोलामा मृत अवस्थामा किशोरीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानले नाम परिवर्तन ४६ चन्द्रकोट ५ मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार, जस सम्बन्धी अनुसन्धान गर्ने क्रममा एक जनालाई पक्राउ गरिएको छ ।

घटनामा संलग्न भएको आरोपमा बाँकेको खजुरा गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया रहिस खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । उहाँले पक्राउ गरिएका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको बताउनुभयो ।

बलात्कारपछि हत्या भएकी नाम परिवर्तन ४६ चन्द्रकोट ५ को स्थायी घर बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ हो । उनी आमासँग कोठा भाडामा गुल्मीको चन्द्रकोट बस्दै आउनुभएको थियो । उहाँको शव स्थानीय हुग्दी खोलामा नग्न अवस्थामा फेला परेको थियो ।

केही दिनदेखि चन्द्रकोट गाउँपालिकामा मृतक किशोरीको न्यायका लागि सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ । पक्राउ गरिएका खाँलाई थप अनुसन्धान गरेर पुष्टि भएपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?