रग्बी टोली जकार्ता प्रस्थान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । खेलाडीहरूमा एलिसा थापा (कप्तान), सिर्जना राई (उपकप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनिषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अर्पणा पौडेल रहनुभएको छ ।

जेजिबिके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि दुई साता प्रशिक्षण गराउनुभएको थियो ।

एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनाईमा सहभागिता जनाएको थियो । भारतको चेन्नाईमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनाईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो । टिम व्यवस्थापकमा विनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी रहनुभएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?