स्वास्थ्यमा तमानखोला : गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा

Read Time = 10 mins

बागलुङ । भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पु¥याउँथे । गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडीहरु पनि चल्दैनथे । सडक संजालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । त्यसले गर्दा बिरामी अस्पताल पु¥याउन मुस्किल थियो । स्थानीय सरकार आएपछि तमानखोलामा गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना र सडक पुग्यो ।

गाउँमा सडक स्वास्थ्य संस्थाहरु स्थापना र मोटरबाटो नपुग्दा डोला र ढोकोमा बिरामी बोक्नु पर्ने स्थानीयको बाध्यता अब हट्ने भएको छ । गाउँपालिकाले नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँमा एम्बुलेन्स आएपछि वर्षौँदेखि समस्या भोग्दै आएका स्थानीयहरु हर्षित भएका छन् । एम्बुलेन्सले डोला र ढोकोमा बिरामी बोक्नु पर्ने अवस्थाबाट छुटकरा पाउनेमा उनीहरु विश्वस्त भएका छन् ।
स्थानीय प्रकाश घर्ती मगरले भन्नुहुन्छ–“गाउँपालिकाले एम्बुलेन्स ल्याएको देख्दा निकै खुसी लागेको छ, अब बिरामी हुँदा टाढा जानु परे समस्या हुने भएन, अहिले त गाउँमा पनि स्वास्थ्य संस्था खुलेका छन्, पहिलेको जस्तो सामान्य चोटपटक लाग्यो भने बुर्तिबाङ जानु पर्दैन, उतिबेला अहिलेको जस्तो सुविस्ता (सुविधा) थिएन, हाम्रो तमानखोला सरकारले राम्रो काम ग¥यो, बाटो ल्यायो, पहिले त बिरामी परे ढोकोमा बोकेर अस्पताल पु¥याउनु पथ्र्यो, अहिले त्यस्तो समस्या छैन ।”

घर्तीले गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको भन्दै स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानु पर्ने अवस्था नभएको बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमानु परेको नमिठो अनुभव उहाँले सुनाउनुभयो । एम्बुलेन्स संचालनमा आएपछि बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–“अहिले बिमारीको उपचार गाउँमै हुन्छ, सिकिस्त र जटिल नभएसम्म टाढा जानु पर्दैन यहीँ उपचार हुन्छ, यहाँ उपचार हुन नसके मात्रै बुर्तिबाङ जानुपर्छ, पहिलेको जस्तो ढोकोमा बोकेर लैजान पर्दैन, पहिले त धेरैको समयमा उपचार पाउन नसक्दा अकालमै मृत्यु भयो, अहिले विकास भएको अनुभूति गरेका छौँ, त्यस्तो अवस्था छैन ।”

स्थानीय नरबहादुर गोतामेल एम्बुलेन्स संचालनपछि ग्रामीण क्षेत्रका नागरिकले सहज सेवा पाउने बताउनुभयो । उहाँले अहिलेसम्म आफूहरुले गाडीमा बिरामीलाई अस्पताल पु¥याउने गरेको भन्दै एम्बुलेन्स सेवाले राहत मिल्ने बताउनुभयो । उहाँले आफूहरु भनेको समयमा गाडी नपाइने र पाइए पनि महंगो भाडा तिर्नु पर्ने भन्दै अब स्थानीयले बिरामी बोकेर अस्पताल पु¥याउनु समस्या नहुने बताउनुहुन्छ ।

“गाउँमा अहिले गाडी त चल्छ तर भनेको समयमा पाइँदैन, पहिले–पहिले बोकेरै अस्पताल पु¥याइन्थ्यो, गाडी चल्न थालेपछि त्यसैमा लैजाने गथ्र्यौँ, अब एम्बुलेन्स आयो, सजिलो हुने आशा छ,” उहाँले भन्नुभयो “गाउँपालिकाले सबै नागरिकको समस्या बुझेछ, स्वास्थ्य संस्थाहरु नभएको ठाउँमा स्थापना ग¥यो, एम्बुलेन्स पनि ल्यायो, थप व्यवस्थित बनायो भने उपचारका लागि बाहिर जानु पर्ने थिएन ।”

अघिल्लो आर्थिक वर्षमा एम्बुुलेन्स सेवा संचालन गर्ने योजना बनाएको र विभिन्न प्रक्रियाहरु पूरा गरेर अहिले ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले जानकारी दिनुभयो । उहाँले तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको बताउनुभयो । १९ लाख लागत रुपैयाँको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उहाँको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले आफूहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै स्वास्थ्य गाउँ–गाउँमा संस्था स्थापनापछि एम्बुलेन्स संचालनमा ल्याएको बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्थाहरु स्थापना गर्ने र एम्बुलेन्स संचालन गर्ने योजना बनाए अनुसार अहिले गाउँपालिकाले एम्बुलेन्स ल्याएको बताउनुहुन्छ ।

“हाम्रो पहिलो प्राथमिकता नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, नागरिकको जीवन रक्षा गर्नु हो, सोही अनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरेर संचालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स संचालन गर्ने निर्णय गरेका थियौँ, सोही अनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ, अब यहाँका नागरिकले महंगो भाडा तिरेर गाडीमा बिरामीलाई अस्पताल पु¥याउने अवस्थाको अन्त्य भएको छ” अध्यक्ष बुढा मगरले भन्नुभयो ।

उहाँले आम नागरिकलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको भन्दै अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नु पर्ने अवस्था नरहेको बताउनुभयो । पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले आधा घण्टामै पुग्न सक्ने अध्यक्ष बुढा मगरको भनाई छ ।
गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको जानकारी दिनुभयो । आफूहरु जनप्रतिनिधि भएर आउनु पूर्व तमानखोलामा तीन वटा स्वास्थ्य चौकी मात्रै रहेको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–“हामीहरु निर्वाचित भएर आउनुभन्दा पहिले तमानखोला गाउँपालिकामा बोङ्गादोभान, तमान र खुङ्खानीमा मात्रै स्वास्थ्य चौकी थियो, भौगोलिक विकटताले गर्दा यहाँका नागरिकलाई उपचार गर्न समस्या भएको हुँदा हामीहरुले नर्जाखानी, लाम्मेला र बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ तथा सम्मर, सिल्गुम र थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र संचालन ग¥यौँ, अहिले धेरै सहज भएको छ, जटिल समस्या परेर टाढै जानु पर्ने अवस्था आए एम्बुलेन्सको व्यवस्था पनि अब हुने भयो ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?