दुई दिन सरकारविरुद्ध बोल्नेवित्तिकै सुनिल शर्मा बनाइदिन्छन् : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यको पक्षमा बोल्नेहरुलाई सरकारले सुनिल शर्मा बनाइदिने टिप्पणी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले कांग्रेस सांसद सुनिल शर्माले सरकार विरुद्ध बोलेका कारण पक्राउ गरिएको आरोप लगाउनु भयो ।

'के सुनिल शर्माले दुई दिनमै नक्कली सर्टिफिकेट बनाएका हुन् ?' भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे । उहाँले भन्नुभयो, ‘सुनिल शर्माले अहिले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? दुई दिन बोल्नेवित्तिकै हतकडी ? ओलीले प्रश्न गर्नुभयो, ‘सुनिल शर्मा भन्ने मान्छे भागिहाल्छ र ?’

‘सुनिल शर्माको जाली सर्टिफिकेट भएको भए पहिला किन लुकाएको ? किन चुनावमा उम्मेदवार बनाएको ? ’उहाँले प्रश्न गर्नुभयो , होइन भने दुई दिन सरकारको विरोध गर्नेवित्तिकै किन समात्या ? यस्तो कपटपूर्ण खेल किन ? ’ उहाँले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले सरकारले एक हातमा हत्कडी र एक हातमा पत्र थमाउँदै आवाज थुन्न खोजेको बताउनुभयो ।

सरकार सुन प्रकरणको विरोध गर्ने सबैको मुख बन्द गर्ने अभियानमा लागेको उहाँले बताउनुभयो । सुन पास गर्नेहरूले नै छानबिन गरेर हुँदैन भनेर आफूहरूले उच्चस्तरीय छानबिनको माग गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ ।’

अध्यक्ष ओलीले सुन प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर नै सदनमा सत्ता पक्षले बोल्न नदिएको आरोप समेत लगाउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?