स्पेन विश्वकपको सेमिफाइनलमा

Read Time = 2 mins

सिड्नी । उपाधि दावेदार नेदरल्याण्ड्समाथि अतिरिक्त समयमा जित निकाल्दै स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । साविकको उपविजेता नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यसअघि प्रि-क्वार्टरफाइनलमै रोकिने गरेको स्पेन यसपल्ट भने पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मारीओना कालडेण्टे र साल्मा पारालुइलोले गोल गर्नुभयो । नेदरल्याण्ड्सकी स्टेफानी भान डर ग्राटले एक गोल फर्काउनुभयो ।

न्युजिल्याण्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा शुक्रबार राति भएको खेलको ३७औं मिनेटमा एस्तर गोञ्जालेजले गोल गरेपनि भिएआरले गोल हुन सकेन । ८१औं मिनेटमा मारीओना कालडेण्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाउनुभयो ।
साल्मा पारालुइलोको क्रसलाई पेनाल्टी बक्समा स्टेफानी भान डर ग्राटले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा मारीओनाले गोल गर्नुभयो ।

इन्ज्युरी समयमा स्टेफानी भान डर ग्राटले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि निर्धारित समयमा कुनै गोल भएन । अतिरिक्त समयमा साल्मा पारालुइलोले गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाउनुभयो । अब स्पेनले सेमिफाइनलमा जापान र स्वीडेनबीचको विजेतासँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?