परिवर्तनलाई संरक्षण गर्न काँग्रेसले नै नेतृत्व गर्नुपर्छ : प्रदेश सभापति पुन

हिमालय टाइम्स
Read Time = 2 mins

-श्याम घिमिरे
अर्घाखाँची । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले देशमा भएका परिवर्तनलाई संरक्षण गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँचीले सनिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले यस्तो बताउनुभएको हो । देशमा भएको परिवर्तनलाई संरक्षण र संस्थागत गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्नेमा जोड दिदै नेता पुनले तीन करोड नेपाली जनताहरुको मुद्दालाई केन्द्रमा राखेर काँग्रेस अगाडि बढेको बताउनुभयो ।

काँग्रेस भित्र चरम गुटबन्दी छ नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा पुनले काँग्रेस लोकतान्त्रिक पद्दतिमा बिस्वास गर्ने पार्टी भएकोले गुटहरु देखिनु स्वभाविक भएतापनि गुटहरुको व्यवस्थापनमा आफुहरु लागि परीहेको बताउनुभयो । पुनले पार्टी र राज्यबाट प्राप्तहुने बिभिन्न अवसरमा आरक्षण दिने प्रक्रियामा सुधार आवस्यक रहेको बताउदै संघियता प्रभावकारी बनाउन पार्टी तहबाटै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पछिल्लो समय भएका बिभिन्न काण्डहरुको बारेमा बोल्दै पुनले दोषीलाई नछोड्ने र निर्दोषलाई नपार्ने भन्ने आफुहरुको मान्यता रहेको बताउनुभयो । भुटानी शरणार्थी काण्ड , सुन काण्ड,ललिता निवास जग्गा प्रकरण काण्ड लगायतका सबै घटनामा सहि र निपक्ष छानवीन हुनुपर्नेमा पुनको जोड रहेको थियो । कार्यक्रम युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता,उपाध्यक्ष सरिता भुसालको स्वागत मनतब्य र सचिब विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?