भारतले गर्यो सिरिजमा बराबरी

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । भारतले चौथो टि–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।

योसँगै पाँच टि–२० आई खेलको सिरिज २–२ को बराबरीमा टुंग्गिएको छ । जितको लागि १७९ रनको मध्यम विजयी लक्ष्य भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवाल ५१ बलमा ११ चौका र ३ छक्कासहित ८४ रनमा नटआउट रहनुभयो । अर्का ओपनर शुभमन गिलले ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रन जोड्नुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेकोे वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । वेस्टइन्डिजका बायाँ हाते ब्याटर शिम्रन हेटमायरले ३९ बलमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिनुभयो ।

यस सिरिजमा पहिलो खेलमा मौका पाएका शाई होपले २९ बलमा २ छक्का र ३ चौका सहित ४५ रनमा आउट हुनुभयो । वेस्टइन्डिजलाई ओपनर कायल मेयर्सले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन जोड्नुभयो । अर्को ओपनर बे्रन्डन किंग १६ बलमा २ छक्कासहित १८ रनमा क्याच आउट हुनुभयो ।

कप्तान रोभम्यान पावेल १, रोमारियो शेफर्ड ६, ओडियन स्मिथ १५ र अकिल हुसैनले ५ रनमात्रै बनाउनुभयो । भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिनुभयो । स्पिनर कुलदीप यादबले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिनुभयो । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले एक÷एक विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?