वार्षिकोत्सवका अवसरमा एभरेष्टको सहयोग

Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंकले २८ औं वार्षिकोत्सवका अवसरमा नेपाल नेत्र ज्योति संघलाई सहयोग प्रदान गरेको छ । संघका डा. रामप्रसाद पोखरेललाई आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेसिन खरिद गर्न चार लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

त्यस्तै, बैंकले ललितपुरको टौखेलमा सोलार यात्रु प्रतीक्षालय निर्माण गर्न गोदावरी नगरपालिका ३ सँग सम्झौता गरेको छ । साथै बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मानसमेत गरेको छ । बैंकले १२० शाखा सञ्जाल, तीन एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालय, १५५ एटिएमसहित सेवा प्र्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?