काठमाडौं । माछापुच्छ्रे बैंकले शैलेश्वरी उच्च माध्यमिक विद्यालयमा आठवटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका-६ स्थित विद्यालयलाई बिहीबार एक कार्यक्रमबीच आठ शौचालय हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गोदावरी नगरपालिका ६ का वडाध्यक्ष जहरू साउदले माछापुच्छ्रे बैंकले कैलालीको सरकारी विद्यालयलाई सहयोग गरेको भन्दै अन्य संघ संस्थाले पनि स्थानीय निकायसँग मिलेर काम गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने बताउनुभयो ।
एक हजार आठ सयभन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत शैलेश्वरी विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था खराब रहेकाले विद्यार्थी एवं शिक्षकले भोगिरहेको समस्या मध्यनजर गरी बैंकले विद्यालय परिसरमा आठवटा शौचालय तथा सेफ्टी ट्यांकी निर्माण गरिदिएको बताइएको छ । बैंकले निर्माण गरेका आठवटा शौचालयमध्ये दुईवटा विद्यालयका कर्मचारी, तीनवटा महिला तथा तीनवटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच