फर्मास्युटिकल्स एसोसिएसनमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल फर्मास्युटिकल्स एसोसिएसनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित हुनुभएको छ । २३ औँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा पन्त निकटतम् प्रतिस्पर्धी डा. रोभस कुसुम सुवेदीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित हुनुभएको हो ।

दुईजना उपाध्यक्षमा अमृत गौरो र देवानन्द साह तथा महिला उपाध्यक्षमा संगीता विष्ट रहनुभएको छ । महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदारप्रसाद साह र विवेक श्रेष्ठ र कोषाध्यक्षमा गोपिना राई, सह-कोषाध्यक्षमा निर्मलराज मरासिनी र प्रचार सचिवमा अनिश श्रेष्ठ रहनुभएको एसोसिएसनले जनाएको छ । सदस्य खुलामा सृष्टि प्रजापती, मनोज भट्टराई र महिला सदस्यमा शौभाग्य डंगोल रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?