समृद्धिका तीन शाखाबाट वृक्षारोपण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार कम्पनीका मधुवन, खरेन्द्रपुर शाखा र आइतबार कसाह शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । साउन पहिलो हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम कम्पनीका सात शाखाबाट सम्पन्न गरिसकेको र साउनभित्र सम्पूर्ण शाखाबाट सम्पन्न गर्ने तय भएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमको सूचीमध्ये साउन महिनाका लागि तय भएका कार्यक्रमका रूपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/०८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १३ वटै शाखाबाट विभिन्न कार्यक्रम गर्ने तय भएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?