अमेरिकी डलरको मूल्य नयाँ उचाइमा

Read Time = 1 min

काठमाडौं । बिहीबार अमेरिकी डलरको विनिमय दरमा फेरि नयाँ उचाइ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर प्रति डलर १३०.८१ रुपैयाँ र प्रति डलर बिक्री दर १३१.४१ रुपैयाँ कायम भएको छ ।

डलरको यो विनिमय दर हालसम्मकै उच्च हो भने नेपाली रुपैयाँ पनि हालसम्मकै कमजोर बनेको छ ।

बुधवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.२४ रुपैयाँ र बिक्री दर प्रति डलर १३०.८४ रुपैयाँ कायम भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?