गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने कांग्रेस सांसद सुनिल शर्माकाे चेतावनी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफुलाई वर्तमामन सरकारले आतंककारीको झल्को दिएर गिरफ्तार गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

संसदको बैठक सुरुहुनासाथ सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद शर्मालाई बोल्न समय दिनुभएको थियो ।

सभामुखले समय दिएपछि बोलेका शर्माले आफुलाई वर्तमामन सरकारले आतंककारीको झल्को दिएर गिरफ्तार गरेको भन्दै आपत्ति जनाउनु भएको हो। शर्माले नैतिकताको आधारमा तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । साथै शर्माले गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने चेतावनी दिनुभयो।

सांसद शर्माले बोलेपछि सभामुख घिमिरेले एमाले सांसद मानबिर राईलाई बोल्न समय दिनुभएको थियो । एमाले सांसद राईले बोरिहँदा माओवादी केन्द्रका सांसदहरुले हो हल्ला गर्दै नियमापत्ति जनाएका थिए ।

सत्तापक्ष र प्रतिपक्षका दुबै सांसदहरुले हो हल्ला गरेपछि सदनमा अहिले एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?