रविको ब्लु बस, बालेन साह र हर्क साङपाङको हलचल

Read Time = 16 mins

दिनानुदिन राजनीतिमा नयाँनयाँ हलचल देखापरिरहेका छन् । चितवनमा रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राख्दै ब्लु बस चलाए त्यो पनि महिला केन्द्रित । हाम्रो नेपाली समाजमा अझै महिलालाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति जीवित भएको सन्दर्भमा ब्लु बस सेवालाई विवादमा तान्ने काम भएको छ । यद्यपि रास्वपाका सभापति रवि लामिछानेको विवादास्पद व्यक्तित्वले पनि केही हदसम्म काम ग¥यो होला । तर, त्यसैको आधारमा उनले प्रवाह गरेको ब्लु बस सेवा यति धेरै विवाद गरिरहनुपर्ने थिएन । बरू सकिन्थ्यो भने अरू पार्टी वा नेताहरूले पनि त्यस्तै प्रकारको सेवा प्रवाह गर्न प्रतिस्पर्धा गरेको भए अझै राम्रो हुने थियो ।

यहाँ त के भइदियो भने उल्टै ब्लु बस र त्यही अनुरूपको एम्बुलेन्स सेवा उपलब्ध गराएकोमा अनेक प्रश्न गर्दै स्रोतको चर्चा हुन थाल्यो । तथापि त्यस्ता नकारात्मक हौवाले खासै अर्थ राखेन र सेवा प्रवाह चलिराखेकै होला भन्न सकिन्छ । यहाँ भन्न के खोजिएको के हो भने हरेक सबाललाई नकारात्मक दृष्टिले मात्रै हेर्ने प्रवृत्तिले नेपालीलाई सही गन्तव्यमा पुर्‍याउन सकिँदैन । यसर्थ भरसक सकारात्मक सोचका साथ देशको बिग्रँदो वा खस्कँदो (राजनीति र आर्थिक) अवस्थालाई सुधारोउन्मुख बाटो लाग्नु आजको आवश्यकता हो । तर, देशको बिग्रँदो अर्थ अवस्थाप्रति राजनीतिक नेतृत्व वर्गमा कुनै चिन्ता र चासो नदेखिनु दुःखको विषय हो ।

देशका तत्कालीन समस्या हल गर्नतर्फ कोही तयार देखिँदैनन् । उनीहरूको चिन्ता त कुर्सी पाउनेहरूलाई खुस्किन्छ कि भन्नेछ नहुनेहरू कसरी कुर्सीमा पुग्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । यस्तो स्थितिमा देशको चिन्ता कसले गर्ने भन्ने अनुत्तरित प्रश्नले केही सचेत र जागरुक नेपाली नागरिकलाई पिरोलिराखेको हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ । पुराना राजनीतिक शक्तिहरू आमनेपालीको विश्वास गुम्दै गएको सन्दर्भमा केही मानिसमा रवि लामिछाने नेतृत्वको पार्टी रास्वपाप्रति धेर थोर आश गरेको पाइन्छ । तर, उक्त पार्टी पनि मिसन २०८४ को दौडमा देखिँदा तत्कालका समस्या त्यसै ओझेलमा पर्न गएका छन् । देश र जनता रहे नै राजनीति गर्ने हो, त्यसैले सर्वप्रथम देश र जनतालाई जोगाउनतिर लाग्नु अहिलेको तत्कालीन कार्यभार हो । सधैं विरोध र नकारात्मक प्रवृत्तिले मात्रै देश र जनताका लागि घातक हुन्छ । यिनै कारणले देशको राजनीतिमा ठूलै हलचल देखापरेको छ । विशेष गरेर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षको चरम असमझदारी र असहिष्णुताले संसद् अवरुद्ध छ ।

सबै समस्याको समाधान खोज्ने थलो संसद् नै बन्दक बनाइँदा निकास अवरुद्ध हुने नै भए । समस्या कहाँनेर रहृयो भन्ने बुझेर पनि बुझ पचाउने प्रवृत्ति हाबी हुन गयो । आजको मूल समस्या नै त्यही भयो । बुझ पचाउनेलाई मरिगए सम्झाउन सकिँदैन ।

सबै समस्याको समाधान खोज्ने थलो संसद् नै बन्दक बनाइँदा निकास अवरुद्ध हुने नै भए । समस्या कहाँनेर रहृयो भन्ने बुझेर पनि बुझ पचाउने प्रवृत्ति हाबी हुन गयो । आजको मूल समस्या नै त्यही भयो । बुझ पचाउनेलाई मरिगए सम्झाउन सकिँदैन । अहिलेको संसद् अवरुद्व त्यही कारणले भएको छ । पंक्तिकारलाई के लाग्छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षको यही असमझदारी र असहिष्णुताले यिनीहरूलाई खान्छ र नयाँ शक्तिहरू उदीयमान भएर आउने छन् । त्यस्तो उदीयमान शक्ति अहिले देखिएका पनि हुन सक्छन् वा अरू कुनै पनि । ‘काजीविना काम रोकिँदैन’ भन्ने त उखानै छ । अहिलेका कथित ठूला भनिएका दलहरूको हबिगत नेपाली जनताले देखिसकेका छन् । त्यसैले विकल्प चुड्कीका भरमा निस्कन सक्छ । आगामी चुनावलाई केन्द्रमा राख्दा तत्कालका समस्यालाई नजरअन्दाज गर्नु नयाँ राजनीतिक शक्तिहरूको गम्भीर त्रुटि हुनेछ । धेरै सस्तो लोकप्रियताको पछि लाग्दा कहिलेकाहीँ दुर्घटनामा पनि पर्न सकिन्छ । तसर्थ नवोदित शक्ति रास्वपाले सुविचारित ढंगले आगामी पाइला चाल्नुपर्ने देखिन्छ ।

रास्वपाले आफूलाई अबको निर्विकल्प शक्ति ठानेको भए त्यो भ्रम हो । रास्वपाभन्दा काठमाडौंका मेयर बालेन साहले निकै सुझबुझका साथ पाइला चालेका छन् । उनका कदमहरूको सर्वत्र प्रशंसा भएको पाइएको छ । पुराना दलहरूको गतिविधिबाट वाक्क दिक्क भएका नेपाली नागरिकले बालेन साहप्रति धेरै ठूलो जन-विश्वास प्रकट भएर आएको देखिन्छ । भ्रष्टाचारले डुङडुङ्ती भएका कांग्रेस कम्युनिष्टबाट अब केही नहुने देखेपछि नेपाली नागरिक साँच्चै विकल्पको खोजीमा छन् । बरु विकल्प कस्तो हुने भन्ने विषयमा त्यति धेरै सुविचारित ढंगले बहस र छलफल भने भएको पाइएको छैन । हुन त कहिलेकाहीँ राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसी आफूलाई एउटा विकल्पको कार्ड फाल्नुहुन्छ तर त्यस्तो कार्डलाई सार्थक बनाउन टिम खडा गर्नैपर्छ । यहाँ त्यति सहज छैन यी पुराना पार्टीहरूलाई छेउ लाउन । त्यसैले लहडको भरमा विकल्प दिन सकिँदैन । त्यसका लागि त प्रयाप्त गृहकार्यविना सम्भव देखिँदैन । तथापि एउटा भरपर्दो र विश्वासिलो व्यक्ति वा शक्ति नेपालीले खोजिरहेका छन् ।

यहाँ काठमाडौंका मेयर बालेन साहप्रति धेरै नेपालीले आशा एवं भरोसा प्रकट गरिरहेको सन्दर्भमा सुपरिचित राजनीतिक विश्लेषक प्रोफेसर डा.सुरेन्द्र केसी भरपर्दो विकल्प हुन सक्ने देखिन्छ । मानिसहरू आजित भएर धरानका जनताले हर्क साङपाङलाई त्यसै रोजेका होइनन् । उनले आपूmलाई जनताका एउटा सच्चा साथी भएको तथ्य विस्तारै प्रमाणित गर्दै गएका छन् । त्यसैले कतिपयले बालेन, हर्क साङपाङ र गोपाल हमालहरूको पहलमा पार्टी खोलून् भन्ने आवाज पनि सुनिने गरेको छ । यस्तो प्रसंगमा डा.सुरेन्द्र केसीले आफूलाई अघि सार्नु सान्दर्भिक नै देखिन्छ । नेपालीहरूको मन तरंगित भएको छ । यी तरंगगित मनहरू सँगाल्ने विश्वासिलो र भरपर्दो नेतृत्व डा.सुरेन्द्र केसी नहोलान् भन्न सकिँदैन । तर, यत्तिले मात्रै त्यो लक्ष्यमा पुग्न भने सम्भव देखिँदैन । तसर्थ नेपालीहरूले विकल्पको खोजी गरिरहेको सत्य हो ।

त्यसको विकल्प को हुनसक्छ भन्ने अझै एकिन हुन सकिरहेको पाइराखेको छैन । अहिले देखिएका विकल्पमध्ये राजनीतिकभन्दा नि सांगठनिक दृष्टिले राष्ट्रिय स्वतन्त्र पार्टी नै हो । तर, त्यहाँ देखिएको अन्योल र अनिश्चितता मानिसले झट्ट विश्वास गरिहाल्न सकिरकेका छैनन् । रास्वपामा राजनीतिक र सैद्धान्तिक स्पष्ट मार्ग चित्र आउन नसकेको कुराले केही आशंका जन्माएको छ । त्यसैले चाहे जो होस् भोलिको विकल्पमा आउनेले आफ्नो राजनीतिक, सैद्धान्तिक र वैचारिक दृष्टिले प्रष्ट हुन आवश्यक छ । बालेन साहले पनि त्यस दिशामा आपूmलाई केन्द्रित गर्न सक्नुपर्छ । अहिलेको आशाको केन्द्र बनेका बालेन साहले आमनेपालीको चाहनालाई नजरअन्दाज गर्नु भुल हुनेछ ।

उनको हाराहारीमा अहिल्यै नै हर्क साङपाङलाई उभ्याइहाल्नु अलि उचित नहोला तर सहकार्य गरिदिए हुन्थ्यो भन्नेको संख्या कम छैन । हर्क साङपाङ एउटा व्यावहारिक राजनीतिले निखारिएका मान्छे रहेछन् । दृढ इच्छाशक्ति भएका र दृढ संकल्पका साथ लाग्ने स्वभावका मानिस सधैं ऊर्जाशील देखिन्छन् । त्यस कारण उनको महत्व आफ्नो ठाउँमा छँदैछ । त्यसैले बालेन साह र हर्क साङपाङ भोलिका विकल्प बनून् भन्ने जनअपेक्षा टड्कारो रूपमा देखिन्छ ।

पूर्वमा प्रदेशको नामकरणले उब्जाएको विवाद अझै टुंगिएको छैन । यता काठमाडौंमा एकजना अधिवक्ताको अभिव्यक्तिले केही सामाजिक समूहको आत्मसम्मानमा चोट पुर्‍याएको भनेर तामाङ, मगर समुदायले काठमाडौंका सडक ढाकिदिएका छन् । उनीहरू आन्दोलित भएका छन् ।

देशको वर्तमान वस्तुस्थिति, जनतामा देखिएको असन्तुष्टि र निराशाले ल्याएको राजनीतिक हलचलले मुलुकलाई कहाँ पु¥याउने हो यसै भन्न सकिने अवस्था छैन । नेपालीहरूको मन निकै बहकिएको भेटिन्छ । यी बहकिएका मन आफ्नो पोल्टामा पार्न धेरै शक्ति लागिपरेका छन् । हिजोका पञ्चहरू अहिले नयाँ स्वरूपमा देखापरिराखेका छन् मानौं नयाँ बोतलमा पुरानो रक्सी राख्दै छन् । अहिलेको केही अन्योलताको अवस्थाबाट राप्रपा राजनीतिकरूपले लाभान्वित हुने चेष्टामा देखिन्छन् । यही मौका छोपी गद्दीच्युत राजा ज्ञानेन्द्र पनि सलबलाएकै छन् । जताततैबाट पुरातनवादी झर्ला र खाउँला झैँ गरेर बसेका छन् ।

उता अग्रगामी राजनीतिका मसिहाहरू आपसमा लुछाचुँडीमै लागेका छन् । जनतामा देखापरेको यति ठूलो वितृष्णा, असन्तुष्ट र निराशालाई कसरी जोगाउनेभन्दा पनि जुँगाको लडाइँमा आँखा चिम्म गरेर लाग्दा आज यो अवस्था आएको हो । त्यसैले परिवर्तनकारी शक्तिहरूप्रति जनताको विश्वास जगाउन सकेको देखिँदैन । अहिले टड्कारो रूपमा देखिएकै छ कि यो राजनीतिक पद्धति नै धरापमा छ । ठाउँ–ठाउँमा सामाजिक सद्भावमाथि खलल पुग्ने खालका घटना देखिन थालेका छन् । यस्ता खालका झिल्काहरू बढ्दै जाँदा भोलि के हुन्छ यसै भन्न सकिँदैन । दलहरूमा निरन्तर यस्तै असमझदारी र असहिष्णुता दिनप्रतिदिन बढ्दै जाने हो भने जातीय एवं सामाजिक सद्भाव बिथोलिने खतरा टार्न गाह्रो छ ।

यस्ता गम्भीर प्रकृतिका सम्भावित दुर्घटनालाई नजरअन्दाज गर्दा पुर्पुरोमा हात राखेर बस्नुको विकल्प रहँदैन । पूर्वमा प्रदेशको नामकरणले उब्जाएको विवाद अझै टुंगिएको छैन । यता काठमाडौंमा एकजना अधिवक्ताको अभिव्यक्तिले केही सामाजिक समूहको आत्मसम्मानमा चोट पुर्‍याएको भनेर तामाङ, मगर समुदायले काठमाडौंका सडक ढाकिदिएका छन् । उनीहरू आन्दोलित भएका छन् । यी सबै समस्याको समाधान ठीक समयमा दिन नसके भोलि के हुन्छ थाहा छैन । यसरी देश पूरै अन्योल र अस्थिरतातिर उन्मुख छ । उता भ्रष्टाचारी, तस्करलाई कारबाही गर्न ढिलाइ हुँदा अरू थुप्रै आशंका जन्मिने नै भए । यही धमिलो वातावरणमा नेपालको राजनीति प्रतिक्रान्तिकारीका लागि उर्बर मैदान बन्दै गरेको छ ।

यस्तै कारणले नेपालको राजनीतिमा मानिसहरू ठूलै हलचल ल्याउन आतुर छन् । त्यसैले नेपालीहरू नयाँनयाँ शक्ति र व्यक्तिको खोजीमा छन् । ती नयाँ शक्तिको रूपमा आफूलाई कसले स्थापित गराउने हो त्यो त निकट भविष्यले बताउला तर नेपालीको सोचाइमा देखिएका व्यक्ति र राजनीतिक शक्तिको रूपमा रवि लामिछाने परेका छन् । त्यस्तै उनीभन्दा पनि धेरैको रोजाइमा परेका छन् बालेन साह र अलिअलि हर्क साङपाङ पनि । त्यस्तै सुप्रसिद्ध राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीमा पनि मानिसहरूको नजर पर्न गएको पाइन्छ । यद्यपि उनीहरूको आफ्नो विचार के हो प्रष्ट आएको देखिँदैन तर आमरूपमा राजनीतिक दलहरूको विकल्पका रूपमा हेरिएको छ र यस्तै हल्लाले देशको राजनीतिमा हलचल ल्याउन सक्ने आकलन गरिँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?