वाणिज्य बैंकले बढाए निक्षेपको ब्याजदर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । विभिन्न १४ वाणिज्य बैंकले ब्याजदर बढाएका हुन् । कुमारी, प्रभु, नेपाल एसबिआई, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआइसी एसिया, लक्ष्मी सनराइज, सानिमा, कृषि विकास बैंक, सिटिजन्स, ग्लोबल आइएमई, एभरेष्ट र नेपाल बैंकले ब्याजदर बढाएका छन् ।

एनएमबी, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाएका छन् । १४ मध्ये नौ वाणिज्य बैंकले मुद्दती र साधारण दुवैको ब्याजदर बढाएका छन् । कृषि विकास, ग्लोबल आइएमई, सिटिजन्स, एभरेष्ट, सानिमा, कुमारी, प्रभु, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले दुवै दर बढाएका हुन् । नौ बैंकले साउनका लागि मुद्दतीमा ८.९९ प्रतिशतदेखि १०.१ प्रतिशतसम्म ब्याजदर तोकेकोमा भदौका लागि ९.५१ देखि १०.८९६ प्रतिशतसम्म तोकेका छन् ।

नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले भने साधारण बचतको दरमात्रै वृद्धि गरेका छन् भने नबिल बैंक र हिमालयनले मुद्दती र साधारण बचत दुवैको ब्याजदर यथावत् राखेका छन् । गत महिना केही वाणिज्य बैंकले उच्च ब्याजदर दिँदा एक बैंकबाट अर्को बैंकमा ४३ अर्ब रुपैयाँसम्म स्थानान्तरण भएकाले बैंकहरूले भदौमा ब्याजदर बढाएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?