अख्तियारद्वारा विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका–४ का वडाध्यक्ष तिलकराम कंडेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै शुक्रबार विशेष अदालतमा आरोप–पत्र दायर गरिएको हो ।

वडाध्यक्षले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्का बापतको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैंले राखेका थिए ।

६ लाख १० हजार रुपैयाँ यसरी हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

सोही मुद्दामा तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको दुई लाख ७० हजार रुपैयाँ हालसम्म पनि दाखिला नभएकाले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?