साढे २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर सञ्चालनमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबारदेखि नेपाली लुगा घर सञ्चालनमा आएको हो ।

नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले बताउनु भयो ।

नेपाली घरको एक कार्यक्रमका बीच जेष्ठ नागरिक भागिरथ भुसालले उद्घाटन गर्नु भयो । त्यस्तै कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजु प्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रबद्र्धनमा सवै लाग्नुपर्ने बताउनु भयो ।

नेपाली लुगा घर शुभारम्भको अवसरमा ३ दिन सम्म फुड फेस्टिवल र गजल सांझ पनि बुधबार देखि सुरु भएको छ ।

उद्घाटन समारोहमा भएको गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुति रहेको छ ।

साथै अक्सफोर्ड कलेज, दिप बोडिङ, एभरेष्ट बोडिङ, स्कलर्स होम बोडिङ स्कुल लगाएतका विद्यालयले फुड फेस्टिवल पनि कार्यक्रम स्थलमा राखेका छन् । नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताउनु भयो ।

साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिरहेको भुसालले बताउनु भयो। उहाले नेपाली उत्पादन सबैले प्रयोग गरुन भन्ने उदेश्यले १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिएको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?