सर्लाहीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका-६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेको भारतीय नम्बरको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा आएका दुई जना युवाहरूको तलासी लिँदा १ थान अटोमेटिक पेस्ताेल, १ थान कटुवा पेस्तोल र २० राउन्ड गोली बरामद भएको लिइएको सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयाे ।

पक्राउ परेका सर्लाहीको हरिपुर्वा नपा-६ खरमार टोल बस्ने जीवन कुमार यादवको साथबाट अटोमेटिक पेस्तोल १ थान र १५ थान गोली र प्रकाश यादवबाट १ थान कटुवा पेस्तोल र ५ थान गोली बरामद भएको भन्डारीले जानकारि दिनु भयो ।

विशेष सूचनाको आधारमा पक्राउ परेका यादवद्वयको साथबाट ७ हजार ४ सय भारतीय रुपैयाँ र नेपाली १६० सहित भारतीय बैंकको एटिएम कार्डसमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयाे ।

हतियारसहित भारत बाट नेपाल प्रवेश गरेका दुवै जनालाई शनिबार राति ८ बजे पक्राउ गरी आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?