हवाई डढेलो : एक हजार बेपत्ता, उद्धार कार्य जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।

हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताउनु भयो । उहाँले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताउनु भयो । उहाँले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पती ध्वस्त भएको अनुमान गरिएको बताउनु भयो । उहाँले २२ सय भवनहरु ध्वस्त हुनुका साथै अन्य ५ सय बढी भवनमा क्षति पुगेको बताउनु भयो ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक शहर लाहाइनाको धेरैजसो भू-भाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार बासिन्दाहरु बस्ने गर्दथे । कम्तिमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरु थपेर कार्यमा खटाइएको बताउनु भयो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमवार माउई राज्यका जीवित उद्धार गरिएका परिवारहरुसँग भेट्ने कार्यक्रम छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?