एसिया कप क्रिकेटका लागि बन्द प्रशिक्षण आजबाट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।

प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरु हुनुभन्दा ९ दिनअघि १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन् ।

नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ । नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भइरहेको छ ।

सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टिममा छन् । तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?