✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० भदौ ६ गते बुधबार, ई.सं. २३ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष सप्तमी, नक्षत्र- विशाखा, योग- ब्रह्म, करण- गर, चन्द्रराशि- तुला, सूर्योदय ५ः३८ सूर्यास्तः १८ः३३ ।
मेष : परिश्रम गरे अनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मिथुन : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृश्चिक : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मकर : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच