ग्रीसको जंगलमा आगलागी, १८ जनाको शव फेला

हिमालय टाइम्स
Read Time = 2 mins

एथेन्स । उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोबाट प्रभावित १८ जनाको शव फेला परेको ग्रीसको दमकल सेवाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। कोरोनर र अनुसन्धान टोली डडिया जंगल नजिकै घटनास्थलतर्फ गएको छ ।

टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ।

त्यसपछि अलेक्जान्ड्रो पोलिस सहरको एउटा अस्पताल खाली गर्नुपर्‍यो र नवजात शिशुहरू र सघन हेरचाहका बिरामीहरू बन्दरगाहमा डुंगामा सारियो।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल सन्देशहरू पठाएका छन् ।

पछिल्लो डरलाग्दो खोज हुनु अघि प्रारम्भिक मृत्यु यस क्षेत्रमा एक आप्रवासीको भएको विश्वास गरिएको थियो।

मंगलबार धेरै ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको उच्च हावा र तापक्रमले ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?