संसद बन्द सम्बन्धमा छानबिन हुनुपर्छ : अध्यक्ष केसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बन्द भएको सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले संसद बन्दबारे छानबिन हुनुपर्ने माग गर्नुभएको हो । उहाँले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको बताउनु भयो । केसीले संसद्प्रति दलहरु गम्भिर हुनुपर्ने भन्दै संसद अवरोध गर्न नहुने बताउनु भयो । उहाँले संसद् कसले बन्द ग¥यो, किन बन्द भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देश गम्भीर अवस्थामा पुगेको बताउनु भयो ।

केसीले भन्नुभयो, ‘मुलुक भयङ्कर अफ्ठ्यारो अवस्थामा गुज्रीरहेको बेला महिनौ दिनसम्म संसद बन्द गरेर आज संसद् खोलेकोमा संसद खोल्ने साथीहरुलाई बधाइ दिन लागीरहेका छौं । कसले बन्द ग¥यो ? किन बन्द भयो ? त्यसकारणले यसको गम्भिर छानबिन हुनुपर्छ । नेपालीलाई नक्कली भूटानी बनाएर बेच्नेहरु, ललितानिवासको जग्गा बेच्नेहरु, नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारकको केन्द्र बनाउनेहरु यही संसद्मा बस्नेहरु सम्बन्धीत छैनौं र । हामीले कसलाई भनिरहेका छौं । नेपाली जनता बाढी पहिरोबाट मरिरहेका छन् । महंगीले जनताको ढाड भाँचिएको छ । १० रुपैयाँ किलो पर्ने टमाटरको मूल्य सवा एक सय रुपैयाँ पुगिसकेको छ । त्यो विषय संसद भित्र यी कुराबारे छलफल गर्नुपर्ने होइन । एक चोटी वर्तमान प्रधानमन्त्रीलाई ९९ प्रतिशतले समर्थन गर्दा म तिनछक्क परेको थिएँ । मैले समर्थन दिएको थिएन । त्यो समर्थनका पछाडी के रहेछ ? पछि बजेट पास गर्नेबेला त १० जनाले झन्डै झन्डै सरकार गइसकेको थियो । के कारणले त्यत्रो लाम लस्कर लागेका रहेछौँ समर्थन गर्न । ’

उहाँले संसद जनताको आवाज उठाउने थलो भएको भन्दै संसदलाई कसैले पनि बन्द गराउन नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?