टोकला गोल्ड लिफ टी ब्याग अब इन्भेलपमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल चिया विकास निगमले आफ्नो उत्पादन टोकला चियाअन्तर्गत आठवटा नयाँ फ्लेवरयुक्त चिया टोकला गोल्ड लिफ टी ब्याग इन्भेलपमा ल्याएको छ ।

कम्पनीले उच्च गुणस्तरीय इन्भेलप र प्याकिङसहित आठवटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टर्मेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी आठ फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार चिया भाटभटेनी, बिगमार्टलगायतका नेपालभरि चुनिएका केही प्रसिद्ध खुद्रा बिक्रेतामार्फत् बजारमा उपलब्ध हुनेछ । आठ फ्लेवरयुक्त टी ब्याग चियाको मूल्य एक सय ६० देखि दुई सय २५ रुपैयाँसम्म रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?