गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँ : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित गौरा पर्वको अवसरमा एक कार्यक्रममा बोल्दै उहाँले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताउनुभएको हो ।

उहाँले गौरा पर्वको दिन बिदा दिनका लागि तिथि भन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताउनु भयो । उहाँले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सत्य कुरा हो की गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा पनि गौरा मनाउने चलन छ । गौरा पूजा गर्नै चलन छ । अर्को कुरा देउडा पनि सुदूरपश्चिम, उत्तराखण्डको केही भाग र नेपालको सुदूरपश्चिम र कर्णाली देउडाको थलो छ । देशभर नै देउडा पर्व पपुलर भएको छ । राष्ट्रिय बिदाको कुरा छ, यसको सम्बन्धमा के अफ्ठ्यारा छन्, कुन दिनलाई गौरा मान्ने ? कुन गतेलाई गौरा पर्व मान्ने ? तिथिमा हुन्छ, कुन दिनलाई गौरा मान्ने भन्ने तपाईहरु छलफल गर्नुहोस्, मिलाउनुहोस्, त्यही दिन प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, त्यही दिनमा राष्ट्रिय गौरा पर्व मनाउने घोषणा गर्नुहुनेछ प्रधानमन्त्रीले । तिथिको आधारमा होइन, तिथि आज एउटा गते पर्छ, भोलि अर्को हुन्छ, त्यसैले दिन सल्लाह गरेर प्रधानमन्त्रीलाई भन्नेछु । हाम्रो लागि यो गौरवको विषय हो ।’

सभापति देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?