झरीमा पनि धार्मिक सम्पदाको सरसफाईमा बिहानी टिम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको टक्सारमा रहेको प्रसिद्ध धार्मिक सम्पदा तथा सार्वजनिक स्थलहरुको शुक्रवार युवाहरु मिलेर सरसफाई गरेका छन । निरन्तरको बर्षातको समेत प्रवाह नगरी बिहानी फुटवल क्लवमा आवद्ध युवाहरुको आयोजनामा सरसफाई गरिएको हो ।

पाटन बरावरको धार्मिक सम्पदाहरुको भएको टक्सार बजार ऐतिहासिक बजार हो । “संरक्षण र सम्वर्धनको पर्खाइमा रहेका टक्सार बजारका धार्मिक सम्पदाहरुको जर्गेनामा हामी सवैको भुमिका महत्वपूर्ण हुन्छ, सोही अनुसार हामीले पनि सरसफाई गरेका हौ ।” युवा बिकल श्रेष्ठले भन्नुभयो । प्रत्येक हप्ताका शुक्रवार बिहानीमा आवद्ध युवाहरुको पहलमा सामाजिक अभियान अन्तर्गत बिभिन्न कार्यहरु हुदै आई रहेको छ ।
नवौ हप्ताको सरसफाई कार्यक्रम पानी झरी नभनी युवाहरुले सक्रिय भएर गरेको बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो । आफनो टोल तथा ठाउँ आफै बनाऔ भन्ने अभियानमा हामी युवाहरु जुटेका छौ, सोही अनुसार समन्वय गर्दे अगाडी बढी रहेका छौ, अध्यक्ष भुजेलले भन्नुभयो ।

जिल्लामा दैनिक डेंगु संक्रमितको संख्या बढदै गएपछि युवाहरुको सक्रियतामा बजार तथा आसपासको क्षेत्रमा किटनाशक औषधी समेत छिटिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?