दक्षिण कोरियामा दैनिक तीस हजारभन्दा बढी कोरोना संक्रमित

Read Time = 2 mins

सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिने गरेका अधिकारीहरूले जनाएका छन् । यहाँ मंगलबार मध्यरातिको तथ्यांकअनुसार ३० हजार ५३५ जनामा संक्रमण देखिएको हो ।

अघिल्लो २४ घण्टामा यहाँ त्यो संख्यामा संक्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरूले समाचारमा जनाएका छन् । यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । तर, अघिल्लो हप्ता यहाँ ३४ हजारभन्दा बढी संक्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्योभन्दा कम देखिएको बताइएको छ ।

गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा संक्रमितहरू देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः संक्रमित बढ्न थालेका पनि स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यहाँ पछिल्ला दुई दिनमा १५ जना संक्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २७ हजार ७२३ पुगेको छ । कोरोना भाइरसको संक्रमण सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा संक्रमण भएको बताइएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?