तेह्रथुमको छथरमा उद्यमशीलता तालिम

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले कोशी प्रदेशअन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम प्रदान गरेको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीचको त्रिपक्षीय सम्झौताअनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ । वैशाख १० गतेदेखि १६ गतेसम्म सञ्चालित तालिमले स्थानीय युवा, महिला तथा विपन्न वर्गमा उद्यमशीलताका लागि सहयोग पुग्ने बताइएको छ । तालिममा ५७ स्थानीय उद्यमी सहभागी थिए ।

कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुखलगायत नबिल बैंक कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो । नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख निरजकुमार बस्नेत डनिलले उद्यमी बन्न चाहनेका लागि उद्यमशीलता क्षमता वृद्धि तथा वित्तीय साक्षरताका लागि तालिम सहयोगी हुने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?