धरानमा सामाजिक सद्भाव खल्बलिन नदिन सर्वदलीय अपील

हिमालय टाइम्स
Read Time = 2 mins

सुनसरी । सुनसरीको धरानका राजनीतिक दलहरुले सामाजिक सद्भाव खल्बलिन नदिन सार्वजनिक अपिल गरेका छन्।

विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहँदा यहाँको सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरुले शनिबार धरानमा तय गरिएका कार्यक्रम स्थगित गर्न पनि अनुरोध गरेका छन्। धरानमा रहेका १३ राजनीतिक दलले संयुक्त विज्ञप्तिमार्फत धार्मिक सहिष्णुता कायम गर्न सबैमा अनुरोध पनि गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वतावरण सहज बनाउन भूमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ।’

परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन पनि अपिल गरिएको छ। सर्वपक्षीय वार्ता र सम्वादबाट विवाद समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?