नेमारको टोलीले भारतमा खेल्ने

Read Time = 2 mins

मुम्बई । विश्वप्रसिद्ध फुटबलर नेमार सम्मिलित साउदी अरेबियन क्लब अल-हिलाल एसियाली च्याम्पियन्स लिगका लागि भारत आउने भएको छ । अल-हिलाल र मुम्बई सिटी एफसी एसियाली च्याम्पियन्स लिगको समूह ‘डी’मा परेसँगै नेमार पनि टोलीसँगै दक्षिण एसियाली राष्ट्र भारत आउने हुनुभएको हो ।

यसै सिजनका मात्र अल-हिलालले नेयमारसहित स्टार खेलाडी भित्र्याएको हो । नेमारबाहेक पोर्चुगिज मिडफिल्डर रुबेन नेभेस, सेनेगलका डिफेन्डर कालिद कुलिबाली, मोरोक्कोका गोलरक्षक यासिन बोनो, सर्वियन मिडफिल्डर सर्गे मिलिन्कोभिच साभिचलगायत विभिन्न युरोपेली क्लबहरूमा राम्रो प्रदर्शन गरिरहेका छन् ।

बिहीबार मलेसियाको राजधानी क्वाललम्पुरमा स्थित एफसी हाउसमा भएको समूह चरण को ड्रमा ब्रुप ‘डी’मा यी दुई टोली लगायत उज्बेकिस्तानको नभबाहोर र इरानको नस्सजी माजनडरन रहेका छन् । मुम्बईले गत सिजन इण्डियन सुपर लिगको गत सिजन लिग चरणको शीर्षस्थान हासिल गर्दै यस सिजनको महादेशीय प्रतियोगतामा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस सिजनको च्याम्पियन्स लिग सेप्टेम्बरमा सुरु हुँदैछ । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल-नसार पनि मंगलबारमात्र यस सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?