सेयर प्रो सेक्युरिटिजद्वारा सेवा सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर प्रो सेक्युरिटिज प्रालि(सेयर दलाल नम्बर ६५) ले शुक्रबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ । एक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेवा शुभारम्भ गर्नुभएको हो ।

जेठ ९ गते बोर्डबाट सञ्चालन अनुमति पाएको कम्पनीले यसअघि नै सेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आएको छ । सो अवसरमा बोर्ड अध्यक्ष हमालले कम्पनीलाई बधाई दिँदै उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाटै सेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जाने बताउनुभयो ।

उद्घाटनका अवसरमा कम्पनीले साताव्यापी कार्यक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ । कार्यक्रम भदौ १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जोकोहीले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?