टेक तामाङको राष्ट्रिय भावधाराको कृति ‘नेपाल आमा’

गीता अधिकारी
Read Time = 11 mins

प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेक तामाङको अर्को सशक्त परिचय हो साहित्यकार । प्रहरी सेवामा टेकबहादुर तामाङको नामबाट कुशल कार्य सम्पादन गर्दै आउनुभएका उहाँ नेपाली साहित्य फाटमा टेक तामाङको नामबाट आफ्ना सिर्जना प्रस्तुत गर्दै आउनुभएको छ । नेपालको पूर्वी जिल्ला भोजपुरको भोजपुर नगरपालिका-२ हलौंछामा बुबा भीमबहादुर तामाङ र माता फूलमाया तामाङको कोखबाट जन्मिनुभएका टेक तामाङ एक हातमा बन्दुक र अर्को हातमा कलम लिएर देशको सेवामा अहोरात्र खटिनुभएको छ ।

उहाँका ‘माटोको आवाज’ राष्ट्रिय भावधाराका गीत तथा कवितासङ्ग्रह, ‘स्वदेश’ गीतसङ्ग्रह, ‘जीवनसाथी’ आधुनिक गीतसङ्ग्रह, ‘आमा’ आधुनिक गीतसङ्ग्रह, ‘नाता’ आधुनिक गीतसङ्ग्रह, भक्तिसागर भजनसङ्ग्रह जस्ता कृति सार्वजनिक भएका छन् । उहाँको पछिल्लो कृति ‘नेपाल आमा’ राष्ट्रिय भावधाराका गीत तथा कवितासङ्ग्रह हो भने थुप्रै कृतिका पाण्डुलिपि प्रकाशनको पालो कुरेर बसेका छन् ।

माता पिता फूलमाया र भीमबहादुरलाई समर्पण गरिएको कृति ‘नेपाल आमा’ को प्रकाशन भीमबहादुर फूलमाया स्मृति पुस्तकालय विकास संस्था भोजपुरले गरेको हो । आकर्षक आवरण रहेको यो कृतिको आवरण कला रमेश पौडेलको रहेको छ भने लेआउट/सेटिङ : डेस्कटप डिजाइनको रहेको छ । मिलिनियम प्रेस, हात्तीवन, ललितपुरमा मुद्रण गरिएको १३२ पेजको यो कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ ।

आफ्नो कार्यक्षेत्रमा खटिँदा र देश विदेशका विभिन्न ठाउँमा पुग्दा देखेका भोगेको साथै हाम्रो समाज, परिवेश, चालचलन, रीतिरिवाज, भाषा, कला संस्कृति का विविध पक्षलाई स्रष्टा तामाङले यस कृतिमार्फत काव्यिक रूपमा प्रस्तुत गर्नुभएको छ । हामी हामीबीचको विभिद, देश र माटोका चिन्ता, समृद्धिको सपना र नेपाली जातीको गौरव गाथा उहाँले यसमा उजागर गर्नुभएको छ । कृतिमा हाम्रो समाजमा रहेका विकृति, बेथितिमा कटाक्ष गरिएको छ भने यसलाई कसरी हटाउने भन्ने उपाय पनि सुझाइएको छ ।

फूलमाया स्मृति पुस्तकालय विकास संस्थाका अध्यक्ष सन्तबहादुर तामाङको प्रकाशकीय रहेको कृतिमा ‘देशभक्तिको एउटा सुन्दर सुकुन्दा’ शीर्षकमा कवि, गीतकार एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालको भूमिका राखिएको छ भने ‘पुस्तक प्रकाशनका सम्बन्धमा मेरो अन्तर्मनको प्रस्तुति’ शीर्षकमा स्रष्टा तामाङले आफ्नो भनाइ राख्नुभएको छ । यसै कृतिमा रहेको एउटा गीत ‘नेपाल आमा’ बाट यसको नाम राखिएको छ ।

यस कृतिमा ‘हिमाल, पहाड तराई’, ‘जन्मी, खेली हुर्के आमा’, ‘देश मेरो शान’, ‘ज्ञानको मन्दिरभूमि’, ‘नपाली पौरख’, ‘आपसमै लड्दै भिड्दै’, ‘गौरव छ मलाई’, ‘गाउँ’, ‘उठ है उठ नेपाली’, ‘चन्द्र सूर्य अंकित ध्वजा’, ‘गुञ्जाऔँ नेपाली आकाश’, ‘हिमाल जस्तै बलियो संकल्प’, ‘हिमाली हावा’, ‘झुक्छ केवल वीरको शिर’, ‘पुर्खाको रगत पसिना’, ‘पसिनाको तेलमा डुबाई’, ‘मेरो राष्ट्रवाद’, ‘मेरो देश’, ‘नेपाल आमा’, ‘तिम्रै अँगालोमा’, ‘युग सुहाउँदो’, ‘राष्ट्रिवाद जिन्दावाद’, ‘चाँदीझैँ सेतो हिमाल’, ‘आमा मलाई’, ‘जब चिसो बतास्’, ‘आमा मेरा लागि’ ‘संसारमा सबैभन्दा सुवासिलो’, ‘देश एउटा मन्दिर’, ‘नजिस्क्याऊ धेरै’ जस्ता शीर्षकमा सिर्जना पस्किनुभएको छ ।

यस्तै, ‘देशले के दियो’, ‘नेपाल’, आफ्नै खुट्टामा’, ‘बुद्ध, जनक जस्ता’, ‘खुकुरी र टोपी’, ‘मेरो झण्डाको लहरमा’, ‘नौरङ्गी डाँफेको जस्तै’, ‘आमाको प्यारो काख जस्तै’, ‘नेपाल आमा तिमीबाट टाढा आएपछि’, ‘जुन देशको ढुङ्गा’, ‘यही हो मेरो देश’, ‘आमा दिवस’, ‘संसारको सबैभन्दा अनमोल’, ‘भोजपुर’, ‘धेरै देश देखेँ’, ‘नेपाल म तिम्रै भएर’, ‘जन्म्यो जहाँ’, ‘नेपाल माई’, ‘मेरो रगतमा’, ‘कतै छन् सेता हिमाल’, ‘संसारको जुनसुकै देशमा’, ‘देशको सामु’, ‘मजदुर’, ‘चाँप गुराँस’, ‘म तिम्रो आमा’, ‘देश बन्न चाहिन्छ’, ‘सिर्जनाकर्मीहरू आऊ’, ‘कञ्चन स्वेत हिमाली’, ‘नेपाली गौरव’ र ‘मेटाऔँ मन्छेबीच विभेद’ जस्ता शीर्षकमा सिर्जना प्रस्तुत गर्नुभएको छ ।

त्यस्तै ‘जुर्मुराऊ’, ‘जब नेपालको गीत लेख्छु देशलाई दुख्दा’, ‘शिरले सगर छोएको देश’, ‘जहाँ गए पनि’, ‘जब इतिहास हेर्‍यो’, ‘म नेपाली मनमा’, ‘हिमाली त्यो शीतल हावा’, ‘को सक्छ र खुशी रहन’, ‘हिउँजस्तो सफा मन’, ‘मेरो देश, मेरो शान’, ‘आहतमा राहत दिने’, ‘नेपाल मेरो घर’, ‘नेपाल तिम्रो यादले’, ‘शान्तिको दूत’, ‘मेरो गाउँकै पाटी पौवा’, ‘यही हो हाम्रो सपनाको नेपाल’, ‘मुटुको धड्कन धड्कनमा’, ‘उन्नतिका लागि’, ‘हिमाली हाँसो’, ‘आऊ एकै स्वरमा’, ‘गाउँ बस्ती सबै उठ’, ‘स्वतन्त्रताका लागि लड्ने’, ‘यो धर्तीको स्वर्ग’, ‘खनिखोर्सी मरुभूमिलाई’, ‘आफ्नो देशको’, ‘धेरैपछि आज मैले’, ‘कति शितल’, ‘सबै मान्छे एकै हौँ’ र ‘गर्छु रक्षा’ जस्ता शीर्षकमा राष्ट्रिय भाव धारका सिर्जना पस्किनुभएको छ ।

यसैगरी ‘विश्वकर्मा’, ‘माइला दाइको मुरलीले’, ‘टोपी’, ‘विदेशतिरै पाइला’, ‘देशमा बगाएको पसिना’, ‘निर्माण गर्ने मजदुर’ ‘स्वाभिमानी नेपाली’, ‘पसिना दिन्छौँ’, ‘दिएजस्तो गर्ला’, ‘हाम्रो आफ्नै भाषा’, ‘संसारभरिका नेपालीहरू’ ‘हामी शिक्षक’, ‘उत्थान हाम्रो सम्भव छ’, ‘हामी हिमाली’, ‘देशलाई परे ज्यान दिने’, ‘जात होइन, धर्म होइन’, ‘सबै दिदीबहिनी’, ‘बिर्सियौ कि तिमीले’, ‘ब्युँझ उठ नेपाली’, ‘कहिले नथाक्ने हामी’, ‘समुदाय प्रहरी साझेदारी’, ‘कोही हामी’, ‘बढ बढ नेपाली’, ‘देशका लागि’, ‘नेपाल नेपालीको’, ‘तिमी होइन म होइन देशभन्दा माथि’, ‘हातमा हात मिलाई’, ‘जाग है जाग नेपाली’ र ‘एकता तोड्ने होइन’ जस्ता शीर्षकमा आफ्नो माटोको सुगन्ध आउने सिर्जन यस कृतिमा समावेश गर्नुभएको छ ।

आफ्नो कार्यक्षेत्रमा खटिँदा र देश विदेशका विभिन्न ठाउँमा पुग्दा देखेका भोगेको साथै हाम्रो समाज, परिवेश, चालचलन, रीतिरिवाज, भाषा, कला संस्कृति का विविध पक्षलाई स्रष्टा तामाङले यस कृतिमार्फत काव्यिक रूपमा प्रस्तुत गर्नुभएको छ । हामी हामीबीचको विभिद, देश र माटोका चिन्ता, समृद्धिको सपना र नेपाली जातीको गौरव गाथा उहाँले यसमा उजागर गर्नुभएको छ । कृतिमा हाम्रो समाजमा रहेका विकृति, बेथितिमा कटाक्ष गरिएको छ भने यसलाई कसरी हटाउने भन्ने उपाय पनि सुझाइएको छ ।

‘मनको तरेलीमा आउने भावनाहरू जब अक्षर, शब्द र वाक्य हुँदै एउटा निश्चित आकार लिन थाल्छन्, अनि गीत, कवितामा जन्म हुँदोरहेछ । देशप्रतिको कर्तव्यबोधले हो कि, देशमा छाएका तमाम बेथितिप्रति व्यथित भएर हो वा हाम्रा पुर्खाहरूको गौरवगाथाले झक्झकाएर हो तर देशप्रतिको मायाले चाहिँ पक्कै हो, मेरो मनका तरेलीहरूमा राष्ट्रिय भावका लहरहरू उर्लिन थालेछन् । मैले पनि यसरी नै मनको सागरबाट उर्लिएका भावनाहरू पोखे ।’ स्रष्टा तामाङले पुस्तक प्रकाशनका सम्बन्धमा मेरो अन्तर्मनको प्रस्तुति शीर्षकमा आफ्ना भनाइ यसरी व्यक्त गर्नुभएको छ ।

नेपाल प्रहरीमा रहेर राष्ट्रसेवामा आफूलाई हरपल तल्लीन बनाउनुहुने अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ ‘टेक तामाङ’ को अर्को उच्च परिचय हो साहित्यकारका रूपमा आफूलाई स्थापित गर्नुभएको छ । स्रष्टा टेक तामाङलाई यस विशेष कृतिका लागि हार्दिक बधाई तथा शुभकामना । स्रष्टा टेकको कलमले अझ नयाँ नयाँ कृति जन्माओस् त्यसको हामीले रस्वादन गर्न पाइराखौं यही गीता कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?