एमसीसी परियोजना लागू हुन दिन्नौं : सिपी गजुरेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिनुभएको हो । शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गर्नु भयो ।

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गर्नुभयो । उहाँले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनु भयो ।

नेता गजुरेलले भन्नुभयो, ‘अब यो लागूृ गर्ने चरणमा गएको छ । र, अहिले हामीले जे गर्न खाजेको छौं । त्यो के हो भने अब सम्झौता खारेज गर्न त सक्कियो । हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अव लागू गर्ने चरणमा छन उनीहरु । उनीहरुको वक्तव्यबाट के थाहा भएको छ भने यो आगामी १४ गते ठाउँ ठाउँमा उनीहरुले लागू गर्दैछन । उनीहरुले सेन्टरहरु लागू गर्ने भनेर ठाउँठाउँमा योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरुले डेट फिक्स गरेका छन् । र, हामीले त्यसैलाई लक्षित गरेको हो । आज यो कार्यक्रम त्यसैका लागि हो । किनभने पार्लियामेन्टबाट पास गरेको कुरालाई अब हामीले पास गरेको होइन भन्ने त होइन ? जसरी भएपनि पनि पास त भयो । तर त्यतिमात्रै अन्तिम होइन । अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन । कुरा के हो भने उनीहरुले त्यहाँ पारित गरेपनि अब यहाँको सरकारले चाहीँ लागू गर्न पाउँदिन भन्ने अधिकार सरकारलाई छ । लागू नगर्ने अधिकार नेपाली जनतालाई छ । त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले हामीले गर्न खोजेको के हो भने त्यो संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौं । त्यसलाई हामीले अस्विकार गर्छौं । र, त्यसलाई खारेज गर्नुपर्छ भन्ने अधिकार नेपाली जनतालाई छ ।’

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गर्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?