सत्ता गठबन्धनले बारम्बार संविधान मिचेको छ, गलत कामको शिकार हुन सकिँदैन : नेता खनाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरेहको बताउनु भयो ।

उहाँले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान बिरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लियर हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा त दुई पटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ? हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरेमात्रै पार्टी स्थापनाको महत्व हुन्छ ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्नसक्ने सम्भवाना भएको पार्टी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?