स्वराज्य, द्वैतवाद र नयाँ दर्शन

केशवप्रसाद चौलागाई
Read Time = 13 mins

के दर्शनको बहस र चिन्तन पुरानै परिवेशभित्र मात्रै गरिने विषय हुन् ? भनेर विचार गर्दा नयाँ परिवेश र विषय पनि बहस र चिन्तनका लागि अपरिहार्य वन्ने निश्चित छ । तर, हामी नवीन परम्परालाई प्रारम्भ गर्ने मानसिकतामा नहुनु चिन्ताको विषय लाग्दछ । शासकीय दर्शनका रूपमा स्वराज्य, तत्वचिन्तका रूपमा द्वैतवाद तथा नयाँ परिवेशका रूपमा शान्ति दर्शन आज बहस र चिन्तनको आधारभूमि बन्न सक्दछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वसमेतलाई मध्यनजर गर्दै नवीन विचारको सृजनामार्फत हृदय परिवर्तन गराउन सक्दा ठूलो उपलब्धि हुनेछ भन्ने कुरामा दुई मत नरहला । विचार र व्यावहारमार्फत शान्ति र समृद्धि प्राप्त गर्न सक्षम दर्शनको आवश्यकता आज खट्किको प्रसंग हो । सबैले आफ्नो ठान्ने राज्यका रूपमा स्वराज्य, ज्ञानका माध्यमबाट मोक्ष समेत प्राप्त गर्न सकिने मार्गका रूपमा द्वैतवाद तथा विज्ञानको ज्ञान र उपयोगीतामार्फत शान्ति तथा समृद्धि प्राप्ति सम्भव हुने नयाँ दर्शनका बारे पुनः मनन् गर्नु आजको आवश्यकता हो ।

शीतयुद्धको समाप्तिपश्चातका विश्वका घटनाक्रम नियाल्दा रुस–युक्रेन युद्ध, सुडान दुई देशमा विभाजित हुनु, अफगानिस्तान–इराकमा नेटो सैनिकको उपस्थिति, सिरियामा युद्ध, श्रीलंका द्वन्द्वदेखि हालै छिमेकी भारतको मणिपुरमा भइरहेका जातीय द्वन्द्वहरू अशान्तिका क्षेत्रका रूपमा चुनौती बनेका छन् । नेपालमा पनि राजतन्त्रको उन्मूलनको घटना सामान्य होइन । यस्तो विषय परिस्थितिमा उपयुक्त विचार र सूत्रहरूको उपलब्धता लाभकारी हुने हुँदा अबको दर्शन यो जिम्मेवारीबाट उन्मुक्त हुन सक्दैन । यही परिवेशलाई समाधान गर्न सक्ने गरी ‘स्वारज्य र मेलमिलाप’ दर्शन अस्तित्वमा आएको छ ।

प्रत्येक दर्शनको निर्माणको प्रारम्भिक अवस्थामा विचारहरू बाढी झैँ उर्लेर आउँछन् र पछि सूत्ररूपमा संक्षिप्त आकार धारण गर्दछन् । तत्पश्चात सूत्रको भाष्यको समय आउँदछ । फेरि त्यसमाथि टीकाटिप्पणी एवं व्याख्याहरू हुन्छन् जसका कारण मौलिक सिद्धान्तमा धेरै परिवर्तन, सुधार तथा विस्तार भएर जान्छन् । 

विसं २०५२ बाट नेपालमा प्रारम्भ भएको रक्तपातपूर्ण द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण गर्न तयार गरिएको ‘द्वन्द्वरूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानमा निकासका लागि ‘स्वराज्य र मेलमिलाप’ सूत्रको रूपमा प्रस्तुत गरिएको थियो । त्यही सूत्रलाई पुनः पुस्तुतिका रूपमा तयार गर्दै नयाँ दर्शनकै रूपमा स्थापित गराउने प्रयत्न गरिएको हो । दर्शन र सूत्र साहित्यका बारे भारतीय दार्शनिक तथा पूर्वराष्ट्रपति डा.सर्वोपल्लि राधाकृष्णनका निम्न विचार उपयुक्त रहेका छन् :
प्रत्येक दर्शनको निर्माणको प्रारम्भिक अवस्थामा विचारहरू बाढी झैँ उर्लेर आउँछन् र पछि गएर सूत्ररूपमा संक्षिप्त आकार धारण गर्दछन् । तत्पश्चात सूत्रको भाष्यको समय आउँदछ । फेरि त्यसमाथि टिप्पणी, टीकाहरू एवं सारभूत व्याख्या हुन्छन् र जसका कारण मौलिक सिद्धान्तमा धेरै परिवर्तन सुधार तथा विस्तार भएर जान्छन् । भाष्य प्रश्नोत्तरका रूपमा हुन्छन् किनकि उपनिषद्को समयदेखि नै यस पद्धतिलाई जटिल विषयहरूलाई विशद रूपमा सम्झाउने एकमात्र उपयुक्तमाध्यमका रूपमा बुझ्ने गरिन्थे ।

एवं प्रकार भाष्यकारलाई विरोधी विचारहरूको उत्तर दिँदै मौलिक सिद्धान्तको समर्थनका लागि उत्तम अवसर प्राप्त हुनजान्छ । यही विधिबाट त्यही विचारहरूको पुनस्र्थापना गर्दैै अन्य विचारहरूको तुलनामा यस विचारको उत्कृष्टता सिद्ध हुन जान्छ । स्वराज्य र मेलमिलापलाई दर्शन र सूत्रका रूपमा बुझ्न सहज हुने उपरोक्त विचारले बहस र परिवर्तनको शृंखलालाई निरन्तरता दिने देखिन्छ ।

पूर्वीय दर्शनमा प्रसिद्ध रहेको षटर्दशन र पाश्चात्य दर्शनका भौतिकी पक्षहरूको तुलनात्मक विवेचनामा स्वराज्य र मेलमिलाप वैदिक दर्शनकै कोटीमा पर्दछ । महर्षि गौतमको ‘न्याय’, कणादको वैशेषिक, कपिलको ‘सांख्य’, पतञ्जलिको ‘योग’, जैमिनिको पूर्वमिमांसा र वादरायणको ‘उत्तर मिमांसा ‘अथवा’ वेदान्त ‘वेदलाई’ प्रमाण मान्ने वैदिक दर्शन जस्तै स्वारज्य र मेलमिलाप पनि वेद र उपनिषद्लाई आधार मान्ने वैदिक दर्शन हो । शंकराचार्यद्वारा प्रतिपादित अद्वैतवाद, रामानुजाचार्य द्वारा प्रतिवादित विशिष्टाद्वैतवाद, माध्यवाचार्यद्वारा प्रतिवादित द्वैतवाद तथा निम्बकाचार्यद्वारा प्रतिवादित द्वैताद्वैत मत झैँ ‘स्वलिलया द्वैत’ लाई महत्व दिने स्वराज्य र मेलमिलापले भगवान रामभन्द्र तथा श्रीकृष्णको लीला रहस्यलाई उजागर गर्दछ । सासितूणधनुर्बाणपाणिं नक्तंचरान्तकम् । स्वलीलया जगन्त्रातुमार्विभूतमजं विभुम् ।।

रामरक्षास्त्रोत्रमा उल्लेखित ‘स्वलीलया’ को महत्व प्रार्थनासँगै तत्व विवेचनामा पनि महत्व राख्दछ । विज्ञान, धर्म र दर्शनलाई संयोजन गर्दै जापानका योसोमिची कात्सोमोतोले तयार गरेका ‘फिलोसफी अफ जोजन’ नयाँ दर्शनको रूपमा चर्चामा छ । हामीले सूर्यको महत्वलाई आधुनिक भौतिक विज्ञान र आध्यात्मिक परम्परालाई संयोजन गर्दै मेलमिलापका लागि प्रयोगमा ल्याएको कुराले प्रतिनिधित्व गर्न सकेको छ । सन इज द सोर्स अफ लाइफ अन अर्थ मान्ने भौतिक विज्ञान र प्राणो वै अर्कः अर्थात प्राणको स्रोत सूर्य हुन भन्ने पूर्वीय मान्यतालाई राष्ट्रिय मेलमिलापका लागि पशुपति सूर्यघाटमा हवन-यज्ञमार्फत अभ्यासमा ल्याउनु विज्ञान, धर्म र दर्शनको संयोजन थियो ।

विश्वका सबै मावनमा प्रत्येक घण्टा हुने स्वर परिवर्तनका कारण चन्द्रमाको परिभ्रमण हो भन्ने कुरा पनि स्पष्ट पार्न सकियो । साथै अमावश्या, पूर्णिमादेखि प्रारम्भ हुने स्वर परिवर्तनको फरक दैनिकी विश्वले जान्नुपर्ने तथ्य हो ।

सिद्ध साधनाद्वारा पशुपति सूर्यघाटमा गरिएको साधनाको फलस्वरूप जापान सोसाइटी अफ हृयुमनिस्टिक एन्थ्रोपोलोजीसँग सम्र्पक र सहकार्य सम्भव भई दुवै पक्षका समान अभियान जोडिन पुगेको थियो । सूर्य र चन्द्र विषयक ज्ञान र प्रयोग मौलिक तथा परिणाममुखी भएको कुरा प्रयोगमार्फत सिद्ध गर्ने सकिएको थियो । चन्द्रमा मनसोजात ! चन्द्रमाको सम्बन्ध मनसँग छ भन्ने अवधारणा तथा प्राणको स्रोत सूर्य हुन भन्ने धारणालाई एक साथ साधनामार्फत प्रयोगमा ल्याउनुले धर्म, दर्शन र विज्ञानलार्ई संयोजन गर्दै नेतृत्व गर्न सक्ने अवस्थामा पनि पु¥याएको अनुभूति गर्न सकियो ।

विश्वका सवै मावनहरूमा प्रत्येक घण्टा हुने स्वर परिवर्तनको कारण चन्द्रमाको परिभ्रमण हो भन्ने कुरा पनि स्पष्ट पार्न सकियो । साथै अमावश्या, पूर्णिमादेखि प्रारम्भ हुने स्वर परिवर्तनको फरक दैनिकी विश्वले जान्नुपर्ने तथ्य हो । सूर्य-चन्द्रमाको प्रभाव र नियन्त्रणमा मानव शरीर रहेको कुरा प्रष्ट्याउनका साथै परिस्थितिलाई आफूअनुकूल बनाउन सक्ने साधना, पद्धति र क्षमताका कारण नयाँ विश्वव्यवस्था निर्माणको आधार तयार गर्नु हो । बहुध्रुवीय र द्विध्रुवीय विश्वका विषयमा चर्चा तथा प्रतिस्पर्धा भइरहेको वर्तमान अवस्थामा नयाँ दर्शन र अभियानमार्फत मौलिक विश्वव्यवस्थातर्फं ध्यानार्कषण गराएका छौं ।

नयाँ सिद्धान्त र दर्शनका रूपमा ‘स्वराज्य र मेलमिलाप’लाई भावी विश्वको आधार तथा पशुपतिनाथ र विश्वव्यवस्थालाई सफ्टपावर (सौम्य शक्ति) का रूपमा प्रस्ताव गरी अगाडि बढाइरहेका छौं । कोभिड १९ को विश्वमहामारी साथै प्राकृतिक विपदबाट जोगिन ‘प्रकृति र ईश्वरीय विश्व व्यवस्थाः अबको मार्गचित्र’ पनि विचारमै आधारित विश्व अभियान हो । विशाल दुई छिमिकी र विश्व शक्ति राष्ट्रहरूको रणनीतिक प्रभावबाट मुक्त हुने उपायका रूपमा अगाडि सारिएको आर्यावर्तको अवधारणा पनि नवीन रणनीतिक अवधारणा हो ।

सबै खाले प्रतिकूलताहरूबाट नेपाल र नेपालीहरूलाई संरक्षणका साथै विश्वलाई पनि नयाँ दर्शन र अभियानमार्फत राहत दिने नेपाली प्रयास स्वीकार्य हुने चरणमा छन् । यज्ञेन द्विषन्तो मित्रा भवन्ति अर्थात यज्ञद्वारा शत्रु पनि मित्र बन्दछन् भन्ने नारायण उपनिषद्को वचनलाई शान्ति दर्शनकै सूत्रका रूपमा साधनामा ल्याएको परिणाम स्वरूप ‘मेलमिलाप परिपाद ‘तथा’ न्यायिक समिति’मार्फत दैनिक अभ्यासमा आइरहेका छन् । स्वराज्य र मेलमलिाप सरकारी कार्यक्रम झैँ बन्न गई सुशासन, न्याय र नयाँ दर्शनको आधार प्रमाणित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?