चीन जाने पर्यटकका लागि अगस्ट ३० देखि कोरोना परीक्षण अनिवार्य नहुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरुका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु नपर्ने भएको छ ।

सोमवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चिन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताउनुभएको हो । २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो ।

चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए । २०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ ।

सोमवार पत्रकार सम्मेलनमा उहाँले अगस्ट ३०, २०२३ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले त्यार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?