एमाले नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै हुनुहुन्थ्यो ।

अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएको जानकारी गराएर काठमाडौं नै फर्काएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

बुद्ध एयरले उडान नम्बर ५०१ जहाज ९ एन एजेडओमा प्राविधिक समस्या देखिएकाले काठमाडौंमा अवतरण गराई अर्को जहाजमा जनकपुर पठाउन लागिएको जनाएको छ ।

एमालेको सचिवालय बैठक सिराहाको सर्रे अम्बासमा बस्दै छ। बिहान ११ः ३० बजेदेखि बैठक सुरू हुने नेताहरूले बताएका छन्।

बुद्ध एयरले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौं फर्काउनुपरेको बताएको छ।

— Buddha Air (@AirBuddha) August 30, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?