भोजपुरमा प्रहरीलाई ३२ रोपनी जग्गा प्राप्ति

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 6 mins

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुर मातहत रहेका बिभिन्न युनिटहरुको भवन निर्माणका लागि गत आर्थिक बर्षमा ३२ रोपनी जग्गा प्रहरीले प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले गत आर्थिक बर्ष २०७९/०८० मा कार्यालयबाट भएका कार्य तथा प्रगतीको बिवरणहरु पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गर्दे सो जानकारी दिएको हो ।

“प्रहरीको भवन सम्वन्धी समस्या समाधान गर्न जग्गा प्राप्ती भएको छ, यो पनि भोजपुर प्रहरीका लागि महत्वपूर्ण उपलब्धी हो ।” जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी थापा क्षेत्रीले भन्नुभयो । प्रहरीको चार ओटा इकाईको नाममा १४ रोपनी दुई आना, आठ रोपनी भोग अधिकार पाएको र एउटा इकाईका लागि आठ रोपनी जग्गा प्राप्तीको अन्तिम चरणमा रहेको प्रमुख थापा क्षेत्रीले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुर, सुन्तले प्रहरी चौकी, दलगाउँ चौकी र ओख्रेका लागि ७८ लाख बजेट बिनियोजन समेत भएको छ ।

यस्तै प्रहरीले गाँजा नष्ट गर्ने अभियान अन्तर्गत जिल्लाका बिभिन्न क्षेत्रमा गरी अढाई सय बढी रोपनी जग्गाको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर र मातहतका कार्यालयहरुबाट आर्थिक बर्ष २०७९÷०८० मा दुई सय ७६ रोपनी जग्गामा लागेको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीका अनुसार बिभिन्न स्थानहरुमा गरी अबैधरुपमा लगाईएका १० लाख ८५ हजार पाँच सय बोट गाँजा नष्ट गरिएको हो ।
जिल्लामा बालबिवाह र चोरीका घटनाहरुमा कमी आएको भएपनि आत्महत्या, जवरजस्तीकरणी, भवितब्य, लागु औषध लगायतको मुद्दामा भने बृद्धि भएको प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाको बिगत तीन बर्षको अपराधको बिवरण अनुसार आर्थिक बर्ष २०७७/०७८ मा एक सय ६१, २०७८÷०७९ मा एक सय ४३ र आव २०७९/०८० मा एक सय ९० मुद्धाहरु दर्ता भएको छ । चालु आवमा समेत अहिलेसम्म बिभिन्न १२ वटा मुद्धाहरु दर्ता भई सकेको छ । गत आर्थिक बर्षका एक सय ९० वटा मुद्धाहरु मध्ये ८५ ओटा फछ्र्यौट भएका छन भने एक सय पाँच ओटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको बिवरण अनुसार गत बर्ष भोजपुर नगरपालिकामा सवै भन्दा बढी ४६ र अरुण गाउँपालिकामा सवै भन्दा कम आठ ओटा बिभिन्न घटनाहरु भएका छन । पालिकागतरुपमा भने षडानन्द नगरपालिकामा ३७, टेम्केमैयुङ गाउँपालिकामा २५, पौवादुङमा गाउँपालिकामा १४, हतुवागढी गाउँपालिकामा २०, रामप्रसादराई गाउँपालिकामा १४, आमचोक गाउँपालिकामा १२ र साल्पासिलिछो गाउँपालिकामा १४ ओटा बिभिन्न घटना भएका छन ।

पत्रकारलाई दिईएको जानकारी अनुसार गत बर्ष कारवाहीमा परेका सवारी साधनहरुबाट २३ लाख दुई हजार पाँच सय रुपैया राजस्व समेत संकलन भएको छ । कारवाहीमा परेका तीन हजार सात सय पाँच सवारी साधनहरुलाई गरिएको कारवाहीबाट सो राजस्व संकलन भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा दुर्घटना न्युनीकरणका लागि सचेतना सहित सचेतना अभियान जिल्ला तहमा संचालन भई रहेको छ ।

जिल्ला भित्र हुने अपराधीक घटनाहरु न्युनीकरणका लागि प्रहरी गरेको सचेतना मुलक कार्यक्रमहरु समेत प्रभावकारी देखिएको छ । आठ सय ५४ ओटा सामुदायिक कार्यक्रम मार्फत १५ हजार पाँच सय ५१ जना बनेका छन भने पाँच हजार बढी सेचतनामुलक पर्चा, पोस्टरहरु बितरण गरिएको छ । यस्तै उत्कृष्ट काम गर्ने ८३ प्रहरीलाई पुरस्कृत र दश जनालाई कारबाही समेत गरिएको छ ।

गत आर्थिक बर्षमा अपराधीक घटनाहरुमा संलग्न भएर फरार भएका ७१ जनालाई समेत फेला पार्न प्रहरी सफल भएको छ । पुराना घटनामा संलग्नहरुको खोजी कार्यका अहिले पनि प्रहरीले सक्रियता बढाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?