नेपाललाई पाकिस्तानले दियो ३४३ रनको विशाल लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।

कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको लक्ष्य दिएको हो । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखेका थिए ।

२१ रन बनाउँदा फखार जमान करण केसीको बलमा आउट भएका थिए । लगत्तै अर्का ओपनर इमाम उलहक रनआउट भए । उनलाई रोहितकुमार पौडेलले डाइरेक्ट हिट हानेका थिए।

पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो । पाकिस्तानका कप्तान बाबरले १५१ र इफ्तिखर अहमदले १०९ रन बनाए । उनीहरुले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका फकार जमान १४, आघा सलमान ५, इमाम उल हक ५ र मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एकएक विकेट लिए । पाकिस्तानका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?