हालाण्डलाई वर्ष खेलाडी अवार्ड

Read Time = 2 mins

लण्डन । म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालाण्डले पिएफए वर्ष खेलाडीको अवार्ड पाउनुभएको छ । प्रोफेसनल फुटबलर्स एसोसिएसनले प्रदान गर्ने वर्ष पुरुष खेलाडीको अवार्ड सिटीका फरवार्ड हालाण्डले प्राप्त गर्नुभएको हो ।

यस्तै, युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गर्नुभयो । नर्वेका फरवार्ड हालाण्डले सबै प्रतियोगितामा गरी सिटीका लागि डेब्यु सिजनमा ५२ गोल गर्नुभएको थियो ।

हालाण्डले सिटीकै सहकर्मी केभिन डी बु्रइन र जोन स्टोन्स, आर्सनलका साका र मार्टिन वडेगार्ड र टोटनहमका तत्कालीन खेलाडी हृयारी केनलाई मनोनयनमा पछि पार्दै अवार्ड जित्नुभएको हो ।

हालाण्डको सानदार प्रदर्शनमा सिटीले गत सिजनमा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
सन् २०२२ मा हालाण्ड ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमुण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित हुनुभएको थियो ।

वर्ष युवा खेलाडीको अवार्ड जित्नुभएका साकाले गत सिजनमा १४ गोल गर्नुका साथै ११ गोलमा सहायक गोलकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?