नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले गत आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार भएको नगरको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले प्रतिवेदन सार्वजनिक गर्दै ९४ करोड ३९ लाख ९० हजार बजेटमध्ये ७९ करोड ८६ लाख ४० हजार अर्थात् ८४.६० प्रतिशत खर्च भएको जनाएको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको मासिक पत्रकार भेटघाट कार्यक्रममा पाँच सय ९१ योजना उपभोक्ता समिति, संघ-सस्था तथा सेवा परामर्शमार्फत् र ३५ योजना ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गरिएको नगर प्रवक्ता सन्तबहादुर गाहाले जानकारी दिनुभयो ।
प्रतिवेदनअनुसार गत आवमा २४.७० किलोमिटर सडक ग्राभेल, ६.३० किलोमिटर कालोपत्रे, एक सय ५८.३ मिटर पिसिसी र आरसिसी सडक निर्माण गरिएको छ । त्यसैगरी कालोपत्रे सडक मर्मत दुई हजार पाँच सय ६४ मिटर, ११ सय ९५ किलोमिटर कच्ची बाटो निर्माण र पाँच हजार पाँच सय ९६.९ मिटर सडक नाला निर्माण गरेको छ । भौतिक पूर्वाधारतर्फ ३२ योजना सम्पन्न भएको छ ।
न्यायिक समितितर्फ एक सय ३० विवाद तथा निवेदन दर्ता भएकोमा ५८ जग्गा, भोग, किचलो, साँध-आली सम्बन्धीका विवाद रहेको र त्यसमध्ये २५ वटा समाधान भएको, १३ वटा डिसमिस भएको, पाँचवटा अदालत गएको र १५ वटा बाँकी रहेको उल्लेख छ ।
त्यसैगरी २३ वटा लेनदेनका उजुरीमध्ये १३ वटा समाधान भएका, पाँचवटा डिसमिस भएका, एउटा अदालत गएको र चारवटा बाँकी रहेका छन् । पतिपत्नी तथा घरायसी विवाद १५, बाटो तथा सार्वजनिक जग्गाका १०, ज्याला मजदुरीका तीन, पालनपोषणका तीन र अन्य दर्ता नभएका लेनदेनका १४ निवेदनहरू रहेका छन् ।
बर्दघाट नगरको भौतिक पूर्वाधार र न्यायिक क्षेत्रमा जस्तै गत आवमा बर्दघाट नगरको पञ्जीकरणतर्फको रेकर्डअनुसार व्यक्तिगत घटना दर्ताका क्रममा आठ सय ५९ पुरुष र आठ सय ३४ जना महिला गरी एक हजार छ सय ९३ जनाको जन्मदर्ता भएको छ भने तीन सय ४२ पुरुष र दुई सय ४२ महिला गरी पाँच सय ८३ जनाको मृत्युदर्ता भएको छ ।
त्यस्तै, एक सयजनाले सम्बन्ध विच्छेद गरेको, सात सय ६५ जनाले विवाह गरेको, चार सय ८४ घरपरिवारका एक हजार पाँच सय ९५ जना बसाइँसराइ गरी आएको र दुई सय ३३ घरपरिवारका छ सय ५५ जना बसाइँसराइ गरी गएको उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच