आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट खेलमा बहराइनले नेपाललाई  ३२ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो।

नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन। बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि  इन्दु शर्माले तीन विकेट र खुशी डंगोलले दुई विकेट लिए भने कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक / एक विकेट लिएका थिए।

प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रुविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?