बैतडीमा बाल विवाहमा आएन कमी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीमा बाल विवाहमा कमि आउन नसकेको पाइएको छ । स्थानिय तह तथा विभिन्न सरकारी गैरसरकारी संघसस्थाहरुले प्रत्येक वर्ष जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको भएपनि बाल गरी कम उमेरमा आमा बन्ने किशोरीहरुको संख्यामा कमी आउन सकेको छैन ।

स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार जिल्लामा ३ वर्षको अवधीमा एघार सय बढी २० वर्ष मुनिका किशोरीहरुले विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४१५, आर्थिक वर्षमा २०७८÷०७९ मा ३८७ जना र गतवर्ष ३२३ जना गरी एक हजार १२५ जना २० वर्षमुनिका किशोरीहरुले स्वास्थ्य संस्थामा गर्भ जाँच गराएका हुन् । प्रत्येक वर्ष बाल विवाह गरी कम उमेरमा आमा बन्नेको संख्या केही घटेपनि पुर्ण रुपमा भने कमि आउन नसकेको उहाँले बताउनुभयो ।

२० वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता पाउँदैन । पछिल्लो समयमा घरपरिवार दवावमा गरिने विवाहमा कमी आएपनि भागी विवाहले वाल न्युनीरकणमा चुनौती थपिएको छ । सञ्चारका साधनको गलत प्रयोग र किशोरावस्थामा सहि निर्णय लिन नसक्दा बालविवाहका कमी नआएको सिगास २ का स्थानीय टेकसिंह धामीले बताउनुभयो ।

कम उमेरमा गरीएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसावमा पनि जोखीम हुने सिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेका अनमी माधवी भट्टले बताउनुभयो । ‘शारीरिक र मानसिक रुप्मा परिपक्क हुँदैनन् । त्यसमा पनि कम उमेरमा आमा बन्नु दुवैका खतरा हुन्छ ।’ उहाँले भन्नुभयो, ‘बच्चा कुपोषित र कम तौलको जन्मीने , रक्तअल्पता लगायतका जोखीमहरु निम्तिने गर्दछन् ।’

कम उमेरमा हुने विवाह न्युनिकरणका लागि विभिन्न निकाय मार्फत सचेतनामुलक कार्यक्रमहरु पनि प्रत्येक वर्ष सञ्चालन हुनेगरेता पनि प्रभावकारीता कम देखिएको छ । अभिभावकहरुको दवावमा हुने बालविवाहमा केही कमि आएको पनि भागी विवाहले चुनौती थपिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो ।

अभिभावकहरु पछिल्लो समयमा सचेत बन्दै गएपनि किशोरकिशोरीले सहि निर्णय लिन नसक्दा बाल विवाह न्युनीरण सम्बन्धीका कार्यक्रमहरु परिणाम मुखी नदेखिएको उहाँले बताउनुभयो ।

नेपालको कानुनले २० वर्षमुनि गरेको विवाहलाई स्वत बदर हुने व्यवस्था छ भने तीन वर्ष कैद र तीस हजार जरिवाना तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?