जुम्लाका सबै वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले जिल्लाका ६० वटै वडामा एकसाथ जनतासँग माओवादी विशेष तीने महिने रुपान्तरण अभियानको उद्घाटन गरेको छ । यो अभियान अन्तर्गत जुम्ला पार्टीका सबै नेताहरू वडावडामा पुगेर भव्यरुपमा जुम्लाका आठवटै स्थानीय तहका ६० वटै वडाको शनिबार उद्घाटन भएको जुम्ला जिल्ल्ला इन्चार्ज छिमी लामाले जानकारी दिनुभयो ।

अभियानका क्रममा जुम्लाका गाउँ वस्ती र जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको पार्टी इन्चार्ज लामाको भनाइ छ । नेकपा माओवादी केन्द्र तिला गाउँ पालिकाको कमिटीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान पालिकाको नौवटै वडामा अन्तरक्रिया गरेको उद्घाटन भएको तिला गाउँपालिका इन्चार्ज झक्कु प्रसाद घर्तीले बताउनुभयो । सिंजाका सबै वडामा माओवादी विशेष रुपमान्तरणको अभियानको उद्घाटन भएको सिंजा गाउँपालिका इन्चार्ज प्रभात चलाउनेको भनाइ छ । सिंजामा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सिंजा– १ मा नेकपा एमाले परित्याग गरि नरविर वड, असारे वड र नेमकिपा परित्याग गरि बिर्ख वड र भक्त वड नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सिंजा इन्चार्ज चलाउनेले जानकारी दिनुभयो ।

कनकासुन्दरी,हिमा,गुठीचौर,पातारासी,तातोपानी र चन्दननाथ नगरपालिका सबै वडामा अभियानको उद्घाटन भएको नगर इन्चार्ज विर्ख बहादुर थापाले जानकारी दिनुभयो । देउडा नाच,सार्वजनिक स्थलमा सरसफाई,अन्तरक्रिया गरेर जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको वडामा उद्घाटन भएको कनकासुन्दरी गााउँपालिका इन्चार्ज नवराज न्यौपानेले बताउनुभयो ।

गाउँबाट उदाएको माओवादी जनातको मुद्धा लिएर फेरी गाउँ पसेको नेकपा तिला गाउँपालिका – ४ इन्चार्ज विन्दमान परियारले जानकारी दिनुभयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन मद्धत गर्ने माओवादीको विश्वास रहेको छ । माओवादी केन्द्रले अभियानको नारा घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा अभियानको उद्घाटन गरेका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?