महिला लघुवित्तको ५० प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा आइतबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको निर्णयअनुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य लघुवित्तलाई गाभिने र गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिदसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीका सचिव एवं प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक समिति सदस्य सुभास जमरकट्टेल, तुलसी थापालगायतले संस्थाका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?